(नेकपा) केन्द्रिय सदस्य घिमिरे राष्ट्रिय सभा निर्वाचनका लागि उमेद्धार बन्दै

वाणगंगा अनलाईन पुष १८ कपिलवस्तु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले राष्ट्रियसभा उमेदवारको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उमेदवारको टुंगो लगाएको हो । (नेकपाले) कपिलवस्तु जिल्लाबाट (नेकपा) को राजनीतिमा सक्रिय रहनुभएका नेता बेदुराम भुसाल र नेतृ विमला घिमिरेलाई उम्म्देवार बनाएको हो । प्रदेश ३ बाट भुसाललाई अन्य कोटामा र घिमिरेलाई प्रदेश ५ को महिला कोटाबाट राष्ट्रिय सभाका लागि उमेद्धार बनाउने गरी ( नेकपा) ले सिफारिस गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तु जिल्ला सह ईन्चार्ज समेत रहनुहभएकी घिमिरेको नाम सिफारिस भए सँगै जिल्लाका नेता कार्यक्रताहरुले बधाई दिन समेत थालेका छन् । त्यस्तै प्रदेश ५ बाट जगप्रसाद शर्मा (अपांगता अल्पसंख्यक), गोपाल भट्टराई (अन्य) रहनु भएको छ । पार्टीको आज बिहान बसेको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि १६ जना उम्मेदवारको टुङ्गो लगाएको जनाएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाइएको छ ।

राष्टिय सभामा नेकपाका उम्मेदवारहरु
प्रदेश १
इन्दु गौतम (महिला)
गोपी अछाम (दलित)
देवेन्द्र दाहाल अन्य
प्रदेश–२
तुलसा दाहाल (महिला)
राधेश्याम पासवान (दलित)
प्रदेश ३
गंगा वेल्वासे (महिला)
वेदुराम भुषाल (अन्य)
गण्डकी प्रदेश
नारायणकाजी श्रेष्ठ (अन्य) भ
गवती न्यौपाने (महिला)
प्रदेश ५
विमला घिमिरे (महिला)
जगप्रसाद शर्मा (अपांगता अल्पसंख्यक)
गोपाल भट्टराई (अन्य)
कर्णाली मायाप्रसाद शर्मा (अन्य)
सुमित्रा विसि (महिला)
सुदुरपश्चिम तारामान स्वार (अन्य)
शारदा भट्ट (महिला)

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...