शिक्षकहरुका सवालमा महासंघ सधै क्रियासिल छ : केन्द्रिय अध्यक्ष थापा

बसन्ता भुसाल पुष १९ कपिलवस्तु

नेपाल राष्ट्रिय शिक्षक महासंघका केन्द्रिय अध्यक्ष बाबुराम थापाले शिक्षकहरुको हक र अधिकारका लागि महासंघ सदैव सरकारसँग संघर्षमै रहेको बताउनुभयो । त्यस्तै उहाँले नेपालमा रहेका सबै तह र वर्गका शिक्षकहरुको पेशागत हक र अधिकार प्रति शिक्षकहरु पनि आफै जागरुक हुनुपर्ने बताउनुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति कपिलवस्तुद्धारा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै थापाले राहत शिक्षकहरुको सवालमा केहि समय अझै म्याद थप गर्ने गरी काम हुने भन्दै राहतहरुको स्थायी प्रक्रिया भन्दा पनि सेवा अवधि थपहुने संकेत पनि गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा थापाले ठ्ट्यौली शैलीमा आफ्नो बढि समय खर्चिनुभएको थियो । उहाँले नेपालको शिक्षा र शिक्षकहरुका सवालमा राजनिति भन्दा पनि पेशागत हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
शिद्धार्थ क्याम्पस बुङ्चीमा आयोजित अन्र्तक्रिया कार्यक्रममा सहभागिहरुले शिक्षकहरुका सवालमा माहासंघले सरकार समक्ष आवाज पु¥याउनुपर्ने भन्दै केन्द्रिय अध्यक्ष बाबुराम थापालाई शिक्षकहरु बिचको विभेदलाई समाधान गर्नुपर्ने आवाज बोल्न आग्रह पनि गरेका थिए ।
कार्यक्रममा पाँच नम्बर प्रदेश सांसद विष्णु पन्थीले शिक्षकहरुका मागलाई सरकारले गम्भिर रुपमा लिएको भन्दै राहत शिक्षकहरुलाई दरबन्दिमा रुपान्त्रण गर्ने तयारी भईरहेको बताउनुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय कोषाध्यक्ष विष्णु प्रसाद भण्डारीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा अधिकाशं वोल्ने वक्ताहरुले बालविकास कक्षाका शिक्षिकाहरु देखि उच्च मावि तहका नयाँ पुराना शिक्षकहरुका सवालमा विभिन्न कोणबाट आवजा उठान गरेका छन् । आशिंक र खुल्ला प्रक्रियाबाट शिक्षक स्थायी गर्नुपर्ने भन्दै दरबन्दि मिलान र १० वर्ष एउटै तहमा काम गर्ने शिक्षकको एक तह बढुवाको समेत माग गरेका थिए ।
कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष अफाक अहमद खाँ, शिक्षक माहासंघ जिल्ला अध्यक्ष दिना सुवेदी, निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियन कपिलवस्तुका अध्यक्ष खिम बहादुर जिसी, शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुका प्रमूख थानेश्वर घिमिरे, शिक्षक संगठनका पूर्व अध्यक्ष तथा नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेल लगाएतको आतिथ्यता रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...