यसरी रचे भन्सार बिचौलियाले कांग्रेसका सांसद शाहलाई फसाउने खेल ।।,

वाणगंगा अनलाईन ।

नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहलाई फसाउन बिचौलिया श्याम मिश्र र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता ईश्वर दयाल मिश्राले ठूलो षड्यन्त्र गरेको खुलासा भएको छ । भन्सारका बिचौलिया श्याम मिश्रले आफूलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेताका रुपमा परिचय गराउँदै आएका छन् । तर, श्याम मिश्राले राजनीतिक आडमा भारतबाट आयात हुने अबैध सामानहरू नेपाल भित्राएउने बिचौलियाको भूमिका खेल्दै आएको प्रहरी स्रोतले जनाएको छ ।
भन्सार र राजश्व कार्यालयका कर्मचारीहरूका अनुसार श्याम मिश्रालाई अबैध सामान नेपाल भित्राएकोअभियोगमा पटक–पटक पक्राउ गरेर थुनामा परेको व्यक्ति समेत रहेका छन् ।
नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद शाहलाई बिचौलिया श्याम मिश्राले झुठ्ठा अभियोग लगाएर फसाउन खोजेको आरोप स्थानीय नेपाली कांग्रेसका कृष्णानगरका कार्यकर्ताहरूले लगाएका छन् ।
नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद शाहले शुक्रबार विज्ञप्ति जारी गरेर आफूलाई झुठ्ठा मुद्धा लगाएर फसाउन खोजिएको भन्दै आपत्ति जनाउनु भएको छ । उहाँले नशालु पदार्थ सेवन गरेर आएका श्याम मिश्राले आफूलाई अभद्र व्यवहार गर्दा चालक शशिकान्त कश्यपसँग हातपाइ भएको उहाँले वताउनु भयो ।
श्याम मिश्राको कुटपिटबाट चालक शशिकान्त कश्यपले भारतमा उपचार गराएका छन् । शशिकान्त कश्यपले पनि बिचौलिया श्याम मिश्राका विरुद्ध प्रहरीमा उजुरी दिनु भएको छ । प्रहरीले शशि कश्यपको उजुरीमा खासै ध्यान दिएको नदिएको उहाँले वताउनु भयो । नेपाली कांग्रेसका सांसद शाहले भन्नु भयो । मेरोविरुद्ध मुद्धा दर्ता गराउने स्थानीय युवा श्याम मिश्रा आफै एक नशा सेवन गर्ने डिप्रेशनका बिरामी व्यक्ति हुन, शाहले भन्नु भयो । ‘कृष्णानगर भन्सार परिसरमा रहेर पटक पटक राजश्व चोरीका घटनामा समेत श्याम मिश्रा संलग्न रहेका छन् ।’
‘प्रहरीले राजश्व चोरीको घटनामा उनलाई पक्राउ गरी थुनेको छ । सीमा क्षेत्रमा रही तस्करी गर्ने यस्तो अपराधिक चरित्र बोकेको श्याम मिश्राले राजनीतिक एजेण्डाबाट मलाई परास्त गर्न नसकी नेकपाका मेरा विरोधी तत्वहरूसँग मिलेर मलाई झुठो मुद्धामा फसाउन खोजेका छन, उहाँले भन्नु भयो , सम्मानित अदालतबाट सत्य तथ्यको आधारमा फैसला हुने छ भन्नेमा म पूर्ण प्रतिवद्ध छु ।’
प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता शाहसँग पराजित भएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार ईश्वर दयाल मिश्राको उक्साहट र दवावमा भन्सारका बिचौलिया श्याम मिश्राले प्रहरीमा उजुरी दिएको आरोप छ ।
भन्सारका बिचौलिया श्याम मिश्रालाई नेपाली कांग्रेसका सांसद शाहले हातपात र कुटपिट गरेको नभए पनि । शाहले नै विज्ञप्ति जारी गरेर श्याम मिश्रालाई आफूले कुटपिट नगरेको बरु आफ्ना चालकसँग हातपात भएको बताउनु भएको छ ।
नेकपाका नेता ईश्वर दयाल मिश्राको दवावमा सत्ताको दवावमा नेपाली कांग्रेसका सांसद शाहलाई पक्राउ गरेर कारबाहीका लागि ठूलो योजना बनेको छ ।
सत्ताको दवावमा प्रहरीले कश्यपको उजुरीलाई थन्काएर नेकपाका ईश्वर दयाल मिश्राको दवावमा शाहविरुद्ध ज्यान मार्ने कसुरमा मुद्धा दर्ता गरी पक्राउ अभियान चलाएको आरोप छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...