मध्यवर्ती क्याम्पसमा ज्ञान महायज्ञको तयारी तीव्र

शोभा जि.सी नवलपुर । 

पूर्वी नवलपरासीको कावासोती १७ गोछडामा रहेको मध्यवर्ती बहुमुखी क्याम्पसले स्नातक तहमा प्राविधिक शिक्षा होटेल म्यानेजमेन्ट संचालक गर्नका लागि आयोजना गर्न लागेको धन धान्याअन्चल ज्ञान महायज्ञको तयारी तीव्र रुपमा अगाडि बढेको छ ।

माघ ११ गतेदेखि १९ गतेसम्म संचालन हुने महायज्ञको तयारी स्वरुप हालसम्म पुष्परत्न महतोको सम्योजकत्वमा एक हजार एक सदस्य मुल समारोह समिति बनाइएको छ । त्यसैगरी विभिन्न उपसमिति समेत निर्माण गरिएको छ ।

महायज्ञ सञ्चालन गर्नका लागि रामकृष्ण ढुंगानाको संयोजकत्वमा आर्थिक उपसमिति, सविना अधिकरीको सम्योजकत्वमा महिला परिचालन उपसमिति, प्रेमनारायण महतोको संयोजकत्वमा युवा परिचालन उपसमिति, विशाल थनैतको सम्योजकत्वमा पूर्व विद्यार्थी परिचालन उपसमिति, युक्तप्रसाद गौडेलको संयोजकत्वमा वाचक छनौट तथा छपाई उपसमिति, क्याम्पस सन्चालक समिति अध्यक्ष डासीराम बस्यालको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, शिवप्रसाद काफ्लेको संयोजकत्वमा फ्रेममाला तथा दोसल्ला खरिद उपसमिति, सविना अधिकारीको संयोजकत्वमा पूजा सामग्री कलश यात्रा तथा स्वागत उपसमिति, लिलाबल्लब गौडेलको संयोजकत्वमा बाजाभजन कृतन व्यवस्थापन उपसमिति, शमशेर विकको संयोजकत्वमा अभिभावक परिचालन उपसमिति, बोधराज गैरेको समयोजकत्वमा मन्डप तुलादान, गेट र माला व्यवस्थापन उपसमिति, पुष्पराज बरालको समयोजकत्वमा सचिबालय ब्यवस्थापन उपसमिति गठन भएको छ ।

 

त्यसैगरी दिनानाथ लामिछानेको संयोजकत्वमा स्टोर व्यवस्थापन उपसमिति, शालिकराम लामिछानेको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति, शिव काफ्लेको संयोजकत्वमा भान्सा व्यवस्थापन उपसमिति, भूपतिमान श्रेष्ठको संयोजकत्वमा जग्गा मूल्यांकन उपसमिति, शिव पौडेलको संयोजकत्वमा पानी तथा विद्युत व्यवस्थापन उपसमिति, विश्वव्यापक गौडेलको सम्योजकत्वमा स्वास्थ्य ब्यवस्थापन उपसमिति निर्माण गरि सकिएको छ ।

 

त्यसैगरी नवलपुरमा कृयाशील बिभिन्न राजनैतिक दल बीचको अन्तरकृया कार्यक्रम समेत सम्पन्न भइसकेको क्याम्पस प्रमुख हेमराज महतोले बताउनु भयो  ।

 

२०७० सालदेखि सन्चालनमा आएको क्याम्पसले भौतिक पूर्वाधारको अभावमा सरस्वती माविको भवनमा बिबिएस तह सन्चालन गर्दै आइरहेको छ ।

 

बिबिएस तहको अन्तिम वार्षिक परिक्षा २०७६ मा क्याम्पसले गण्डकी प्रदेशका ८३ क्याम्पसमा सत प्रतिशत नतिजा सहित प्रथम स्थान समेत हासिल गरेको क्याम्पस प्रमुख महतोले बताउनु भयो ।

प्रमुख बाचक भागवत अलन्कार एवम् विद्वान पं. नेत्रप्रसाद पराजुलीको प्रमुखबाचकत्वमा हुने महायज्ञमा ५ करोड संकलन गर्ने लक्ष्य राखिएको र हालसम्म संघीय सांसद, प्रदेस सासद विकास कोष, मध्यबिन्दु साझेदारी बन, अमलटारी मध्यवर्ती उपभोत्ता समिती लगाएका संघ सस्थाबाट गरि करिब ६५ लाख रुपैयाँ संकलन हुने क्रममा रहेको आर्थिक समिति संयोजक रामकृष्ण ढुंगानाले बताउनु भयो  ।

हाल महायज्ञको लागि गाउँ जागरण अभियान कार्यक्रम संचालन भैरहेको छ । जस अन्तर्गत गोछडाटार, बरौलीटार, अमलटारी, गोछडा, गोडार, शेरगञ्ज, बाघखोर लगायतका गाउमा छुट्टाछुट्टै गाउँ प्रचार प्रसार उपसमिती निर्माण भैसकेका छ्न भने अन्य कतिपय गाउमा प्रचार प्रसार उपसमिती निर्माणको क्रममा रहेको मुल आयोजक समिति संयोजक पुष्परत्न महतोले बताउनु भयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...