Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

सामाजिक क्षेत्रमा सक्रिय बन्दै राष्ट्रिय वाणिज्य बैंक वाणगंगा शाखा ।।

वाणगंगा अनलाईन गणेश पोख्रेल

राष्ट्रिय वाणिज्य बैंक चारनम्वर जितपुर स्थित वाणगंगा शाखाले आज संस्थागत सामाजिक उत्तरदायित्तव तथा बित्तिय साक्षरता कार्यक्रम अन्र्तगत न्युन अवस्था रहेका सामुदायिक विद्यालयहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक, पूर्ण सरकारी स्वामित्वमा स्थापित नेपालको दोस्रो पुरानो रहेको र सबैभन्दा ठूलो वाणिज्य बैंक रहेको हो । यसको स्थापना रा.वा.बैंक ऐन, २०२१ अर्न्तर्गत वि.सं.२०२२ साल माघ १० गते भएको होे । बैंकले औद्योगिक व्यापारिक कृषि तथा मुद्रा स्थानान्तर, पूंजी बजार, उपभोक्ता कर्जा लगायत सामाजीक क्षेत्रमा पनि सक्रिय भुमीका खेल्दैे आएको छ । बैकका देशभरमा २३८ वटा शाखाको विस्तृत कार्य जालो रहेको छ । बैंकले देशको अर्थतन्त्रको लागि उपयोगी कदम चाल्दै आएको छ । यसै बिचमा विद्यार्थीहरूमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्य राष्ट्रिय वाणिज्य बैंकले विद्यार्थीसँग सामाजिक उत्तर दायित्व तथा बितिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । यस कार्यक्रमले बालबालिका एवम् युवाहरूमा वित्तिय ज्ञान अभिवृद्धि गर्न मद्दत पुगेको छ । सामान्य अर्थमा वित्तीय कारोबार सम्बन्धी ज्ञान नै वित्तीय चेतना रहेकोले यसले मानव जीवनको लागि अपरिहार्य वित्तीय साधनहरू र वित्तीय कारोवार सम्बन्धी चेतनाको क्षितिज फराकिलो पार्न सहयोग पु¥याउँने गर्छ ।
वाणगंगा नगरपालिका वडा नम्वर ३ स्थित गौरी भवानी मा.वि. भक्तौली, सिदार्थ आधारभुत विद्यालय वाणगंगा ४ गजेहडा, शान्ती आधारभुत विद्यालय वाणगंगा ४ डुङ्गहवा, र वाणगंगा मा.वि गजेहडालाई वाणिज्य बैकले डिस्पेन्सर अर्थात तातो चिसो पानी पिउन मिल्ने मेसिन प्रदान गरकोे हो ।
नेपाल राष्ट्रिय वाणिज्य बैक वाणगंगा शाखा प्रमुख रामजी पोख्रेलले बैंकको सेवा आर्थिक कारोवार गर्ने मात्र नभई सामाजीक क्षेत्रमा पनि काम गर्नु पर्ने वताउनु भयो । बैकले आगामी दिनमा पनि सामाजिक कार्यहरु संचालन गरी बिभिन्न अवस्थाबाट गुज्रीका संस्थालाई उकास्नका लागि सदैव राष्ट्रिय वाणिज्य बैक तयार रहेको बताउनु भयो । यसैै बिचमा उहाँले सामुदायिक विद्यालयलाई नै छनोट गर्नुको मुख्य कारण पनि बिभिन्न किसीमबाट सामुदायिक बिद्यालयको अवस्था कमजोर हुने र गरिव बिपन्न परिवारका छोरा छोरीले अध्ययन गर्ने विद्यालय भएका कारण आफूहरुले वढि प्राथमिकता दिएर सामुदायिक विद्यालयमा सामाग्री प्रदान गरिएको पनि बतानु भयो ।
गौरी भवानी मा.विका प्राध्यानाध्यापक गोपाल चौधरीले राष्ट्रिय वाणिज्य बैकले गरेको कार्यप्रति खुसि व्यक्ति गर्नुभयो । अन्य सामुदायिक विद्यालय व्यवस्थापन समिती तथा समग्र शिक्षक विद्यार्थीका सम्पुर्ण विद्यालय तर्फबाट धन्यवाद ज्ञापन गर्नु भयो । विद्यालयका प्र.अ तथा विद्यालय व्यवस्थापन समितीका पदाधिकारीहरुले समेत निजी बैकले सामाजीक क्षेत्रमा काम गरेको नदेखिएको जनाउँदै आर्थिक कारोवार मात्रै गर्ने भन्दा पनि सामाजीक क्षेत्रमा काम गरी अन्य बैक पनि सामाजिक क्षेत्रमा लाग्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैकमा कार्यरत कर्मचारी सम्पुर्ण विद्यालय व्यवस्थापन समितीका अयध्यक्ष तथा शिक्षक कर्मचारीको उपस्थीतीमा कार्यक्रम वाणगंगा नगरपालिकाका चारवटै विद्यालयमा सम्पन्न गरीएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...