गैडाको शंकास्पद मृत्यु, अनुसन्धानका लागि एक जना निकुञ्जको नियन्त्रणमा ।।

नवलपुर, २० पुस वाणगंगा अनलाईन शोभा जिसी

आइतबार विहान कावासोतीमा मृत अवस्थामा भेटिएको गैडाको मृत्यु शंकास्पद भएको चितवन राष्ट्रिय निकञ्जले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको चिफ वार्डेन नारायण रुपाखेतीले गैडाको मृत्यु शंकास्पद भएकोले एकजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए ।
पूर्वी नवलपरासीको कावासोती १० रतौलमा आइतबार बिहान एउटा ६÷७ बर्षको भाले गैडा मृत अवस्थामा फेला परेको थियो ।
निकुञ्जका मुख्य वार्डेन रुपाखेतीले गैडा मर्नुको कारण यकिन भई नसकेपनि गतिविधि शंकास्पद भएको पाइएको बताए । आइतबार निकुञ्जबाट आएको विज्ञहरु सहितको टोलीले घटनाको अनुसन्धान गरेका थिए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...