भारतीय सीमावर्ती वजार नेपालगञ्जमा पेट्रोल पदार्थको अभाव

असोज २५ 

बर्दियालगायत क्षेत्रमा केही दिन यता पेट्रोल अभाव भएको छ। यस क्षेत्रका अधिकांश पम्पले बिहीबार पेट्रोल नभएको सूचना टाँसेका थिए भने पेट्रोल हुने पम्पमा लाइन नै लागेको थियो। सामान्यतः यस क्षेत्रमा इन्धनका लागि लाइन लाग्नुपर्ने अवस्था आउँदैन।

नेपालगन्जदेखि कैलालीसम्म हुण्डाई कारमा पुगेका चालक सुदीप क्षेत्रीले पम्पमा नभए पनि बोतलमा बेच्न राखेको पेट्रोल चर्को मूल्यमा किनेको अनुभव सुनाए। ‘एक सय पाँच रुपैयाँ प्रतिलिटर पाइने पेट्रोल कैलालीको दुर्गौलीमा एक सय ३० रुपैयाँ प्रतिलिटर किन्नु पर्‍यो’, उनले अनुभव सुनाए, ‘साहुले तेल भर्न दुई हजार रुपैयाँ दिएका थिए। नेपालगन्जबाट जाँदा तेल थियो। राजमार्गमा भरौंला भनेर गए। बाँके र बर्दियाका राजमार्गमा पर्ने एक दर्जनभन्दा बढी पेट्रोल पम्पमा कतै तेल पाएन।’

असोज १९ देखि २२ गतेसम्म बन्द भएका पेट्रोल पम्पले बिहीबारदेखि मात्र तेल दिन सुरु गरेका थिए। आयल निगमले पनि पम्पलाई बिहीबारदेखि इन्धन उपलब्ध गराएको थियो। निगमले इन्धन ढिलो उपलब्ध गराएकाले पनि पेट्रोलको अभाव भएको व्यवसायीको भनाइ छ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...