एकलौटी ढंगले अघि नबढ्न सभापति लाई सिटौला र कोइरालाको आग्रह ।।

पुस २१,

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले लोकतन्त्र र संघीयता जोगाउने बेलामा कांग्रेस आफ्नो किचलो फस्नु दुःखद् भएको बताएका छन्।

धनकुटाको मौनाबुधुकमा पुगेका नेता सिटौलाले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोमा कांग्रेस अघि बढ्नुपर्ने बताउँदै पार्टी एक बनाएर सबै कांग्रेसीजनको भावना बोकेर हिँड्न सभापति शेरबहादुर देउवालाई आग्रह गरे।

मौनाबुधुकमा गिरिजाप्रसाद कोइराला फाउन्डेसन चौबिसे, सहिदभूमि र साँगुरीगढी गाउँपालिका समितिको संयुक्त पदास्थापन कार्यक्रममा उनले अधिकांश समय पार्टी सभापतिलाई सम्झाउन खर्चिएका थिए। यस्तै, केन्द्रीय सदस्य डा। शेखर कोइरालाले सभापति देउवा एकलौटी ढंगले चलेकाले कांग्रेसमा समस्या आएको दाबी गरे।

उनले सभापति देउवालाई गिरिजाप्रसाद कोइरालाको भनाइ अनुसार सहमति, सहकार्य र एकतालाई लिएर अघि बढ्न आग्रह गरे।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...