Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

प्रदेश ५ सरकारको घोषणा : माघ १ र २ गते सार्वजनिक बिदा

कपिलवस्तु पुस २१

प्रदेश नम्बर ५ सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को बैठकले माघे संक्रान्तिको अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री एवम् सरकारका प्रवक्ता बैजनाथ चौधरीले मन्त्रिपरिषद् बैठकको निर्णय सोमबार सुनाउँदै दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए । उनले प्रदेश सरकरले समेत माघी विशेष कार्यक्रम गर्ने र माघीको प्रदेशभर भव्यताकासाथ मनाउने गरी सरकारले सार्वजनिक विदाको घोषणा गरेको बताउनुभयो । पुस २९ गते मुख्यमन्त्री निवासमा माघी पर्व मनाउने तयारी पनि थालीएको उहाँको भनाई छ । यसैगरी पाँच नम्बर प्रदेशको तराईका जिल्लामा थारु जातीको संख्यासमेत बढि रहेको र विशेष गरी थारु जातिले धुमधामका साथ मनाउने माघी पर्वलाई मध्यनजगर गरी प्रदेश सरकारले सर्वाजनिक विदा दिएको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...