राम आधरभूत पडरियामा विव्यसले पायो पूर्णता

प्ुाष २१ भ्लवाड

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित श्री राम आधारभूत विद्यालय पडरियामा विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिइएको छ । विद्यालयमा आज बसेको एक भेलाले समितिको नेतृत्व चयन गरेको हो ।  स्थानिय युवा समाजसेवी चुरामणी अर्याललाई समितिको अध्यक्षको जिम्मेवारी प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक ओमलाल गिरीले जानकारी दिनुभयो । समितिको अन्य पदाधिकारीको टुङ्गो यस अघि नै लागेको थियो । समिति गठनका क्रममा भेलाले समितिको शिक्षक प्रतिनिधिको रुपमा शिक्षक दुर्गा प्रसाद पौडेललाई छनोठ गरेको जनाइएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...