सामुदायिक बिद्यालयहरुमा जंग फुड निशेध

सामुदायिक बिद्यालयहरुमा जंग फुड निशेध २२ पुष जंगफुट खानाले बालबालीकाको स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै अर्घाखाँचीका चार सामुदायिक बिधालयमा जंगफुट खान रोक लगाईएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका वडा न। १० ले आफ्ना वडा भित्रका सामुदायिक बिद्यालयहरुमा बालबालिकाहरु लाई जंग फुड खान निशेध गरेको हो । वडा भित्रका चार सामुदायिक बिद्यालयहरु जनसेवा आधारभुत बिद्यालय, अरनिको आधारभुत बिद्यालय, बिध्याबिकाश आधारभुत बिद्यालय र आदर्श आधारभुत बिद्यालय तथा वडा कार्यलय समेतमा जंगफुट खान निशेध गरिएको हो । उक्त वडाले प्रत्येक बिद्यालयका विद्यार्थीहरुका अभिभावकहरुलाई बिद्यालयमा बोलाइ जंगफुडको सेबनबाट बालबालिकाहरुमा पर्ने स्वास्थ्य सम्बन्धी सचेतना मुलक प्रशिक्षणहरु समेत संचालन गरेको छ । वडाले बिद्यालयका बालबालिकाहरुलाई टिफिन बितरण गरेको छ भने शैक्षिक गुणस्तर वृद्धि तथा वडा भित्रका बिद्यालय र विद्यार्थीहरुलाइ एकरुपता ल्याउन लागि निशुल्क पोषाक समेत बितरण गरेको छ । वडा कार्यलयबाट ०७६र०७७ मा स्वीकृत योजना हरुमा गठित उपभोक्त समितिका अध्यक्ष सचीव र कोषध्यक्षहरुलाइ आफ्नो काम कर्तव्य र अधिकारको बारेमा प्रशिक्षण तथा अभिमुखिकरण तालीम हरु समेत सम्पन्न गर्दै सम्पुर्ण योजना बैशाख महिना भित्र सम्पन्न गर्न निर्देशन दिएको वडा अध्यक्ष लक्ष्मीनारायण चुदालीले जानकारी दिए । बिधालय परिसर तथा वडा कार्यालय भित्र कोहि कसैले जंगफुट खाएको पाईएमा कार्वाही समेत गरिने बताईएको छ । जंगफुट खानाले बालबालीकामा पढ्ने जाँगर नलाग्ने , आलश्य हुने , मस्तिष्कको बिकाश नहुने, सम्झने शक्ति नहुने , पढाएको कुरा तुरुन्तै बिर्सने, शरिरको बिकाश नहुने , बालबालीका नबढ्ने , हड्डी तथा जोर्नीहरू कमजोर हुने , ग्याष्टिक हुने , निद्रा नलाग्ने , एकहोरो टोलाउने , साथै शरीर कमजोर बनेपछि धेरै रोग लाग्ने गरेको चिकित्सकहरूको भनाई छ । २२ पुष

जंगफुट खानाले बालबालीकाको स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै अर्घाखाँचीका चार सामुदायिक बिधालयमा जंगफुट खान रोक लगाईएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका वडा न। १० ले आफ्ना वडा भित्रका सामुदायिक बिद्यालयहरुमा बालबालिकाहरु लाई जंग फुड खान निशेध गरेको हो ।

वडा भित्रका चार सामुदायिक बिद्यालयहरु जनसेवा आधारभुत बिद्यालय, अरनिको आधारभुत बिद्यालय, बिध्याबिकाश आधारभुत बिद्यालय र आदर्श आधारभुत बिद्यालय तथा वडा कार्यलय समेतमा जंगफुट खान निशेध गरिएको हो । उक्त वडाले प्रत्येक बिद्यालयका विद्यार्थीहरुका अभिभावकहरुलाई बिद्यालयमा बोलाइ जंगफुडको सेबनबाट बालबालिकाहरुमा पर्ने स्वास्थ्य सम्बन्धी सचेतना मुलक प्रशिक्षणहरु समेत संचालन गरेको छ ।

वडा कार्यलयबाट  ०७६र०७७ मा स्वीकृत योजना हरुमा गठित उपभोक्त समितिका अध्यक्ष सचीव र कोषध्यक्षहरुलाइ आफ्नो काम कर्तव्य र अधिकारको बारेमा प्रशिक्षण तथा अभिमुखिकरण तालीम हरु समेत सम्पन्न गर्दै सम्पुर्ण योजना बैशाख महिना भित्र सम्पन्न गर्न निर्देशन दिएको वडा अध्यक्ष लक्ष्मीनारायण चुदालीले जानकारी दिए । बिधालय परिसर तथा वडा कार्यालय भित्र कोहि कसैले जंगफुट खाएको पाईएमा कार्वाही समेत गरिने बताईएको छ ।

जंगफुट खानाले बालबालीकामा पढ्ने जाँगर नलाग्ने , आलश्य हुने , मस्तिष्कको बिकाश नहुने, सम्झने शक्ति नहुने , पढाएको कुरा तुरुन्तै बिर्सने, शरिरको बिकाश नहुने , बालबालीका नबढ्ने , हड्डी तथा जोर्नीहरू कमजोर हुने , ग्याष्टिक हुने , निद्रा नलाग्ने , एकहोरो टोलाउने , साथै शरीर कमजोर बनेपछि धेरै रोग लाग्ने कित्सकहरूको भनाई छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...