Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

बुद्धभुमिमा मेयरकप सँगै शैक्षिक प्रदर्शनी : (छ तस्बिरमा)

कपिलवस्तु, पुष २२

कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयरकप खेलकुद प्रतियोगिता एवम् शैक्षिक सामग्री प्रदर्शनी सुरु भएको छ ।

नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रम जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख नारायण खनालले उद्घाटन गरेका हुन् ।

राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयरकप अन्तर्गत दौड, रिलेदौड, हाईजम्प, लङ्जम्प, त्रिपल जम्प, भलिबल लगायत विभिन्न खेल हुने बताईएको छ ।

नगरभित्र रहेका सम्पुण सामुदायिक तथा संस्थागत विद्यालयहरुका उत्कृष्ट विद्यार्थीहरुलाई वडाले सिफारिश गरे अनुसार खेलमा समावेश गराईएको स्रोत व्यक्ति खेमराज पौडेलले बताए ।

त्यस्तै शैक्षिक सामग्री प्रदर्शनी अन्तर्गत विभिन्न विद्यालयले नेपालका धार्मिक, ऐतिहासिक, सांस्कृतिक महत्व झल्काउने रोमाञ्चक र आकर्षक खालका विभिन्न शैक्षिक सामग्रीहरु प्रदर्शन गरेका थिए ।

विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले उक्त रोमाञ्चक सामग्रीहरु निर्माण गरेकोे बताईएको छ । कार्यक्रम ३ दिन सम्म चल्ने छ नगरपालिकाले जनाएको छ ।

तस्बिर : सागर पौडेल

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...