वाणगंगा ११ मा मोटरसाईकल दुर्घटनामा परी एक युवकको ज्यान गयो

पुष २२ कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ११ देउवापार्कमा मोटरसाईकल दुर्घटना हुदाँ एक युवकको ज्यान गएको छ । लु १ त ९६२८ नम्बरको बलेरो जिप सँग लु १३ प १२५० नम्बरको मोटरसाईकल ठोक्दिा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । दुर्घटनामा परि मोटर साईकल चालक वाणगंगा नगरपालिका वडा नम्बर ११ का २८ वर्षिय कृष्ण थारुको उपचारको क्रममा कपिलववस्तु सामुदायिक अस्पतालमा मृत्यु भएको हो । त्यस्तै सोही मोटरसाईकलमा सवार सोही स्थानका २७ वर्षिय कृष्ण प्रसाद चौधरीलाई उपचारका लागि वुटवल पठाईएको प्रहरीले जनाएको छ । ठक्कर दिने बलेरो जिप र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...