Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

दाङमा सुत्केरी आमालाई अण्डा वितरण

दाङ, असोज २५

आमा र बच्चाको स्वास्थ्यलाई मध्यनजर गरी अण्डा वितरण गरिएको छ । दाङको घोराही उपमहानगरपालिका वडानम्वर–६ फचकपुरका सुत्केरी आमाहरुलाई अण्डा वितरण गरिएको हो ।
सुत्केरी अवस्थामा प्रोटिनको आवश्यकता हुँदा सुत्केरी आमालाई अण्डा वितरण गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा। बेदबहादुर केसीले जानकारी दिनुभयो ।

‘एउटा अण्डा दिनका दिन, खाए मिल्छ शक्ति र प्रोटिन’ भन्ने मुल नाराका साथ भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र घोराही, सुआहारा दाङ र घोराही उपमहानगरपालिका वडानम्वर ६ को संयुक्त आयोजना तथा अविनाश पशुपंक्षी पालक कृषक सहकारी संस्थाको सहयोगमा अण्डा दिवस मनाइएको हो ।

अण्डा उपहार पाउँदा सुत्केरी आमाहरु हर्षित भएका छन् । प्रयाप्त मात्रामा पौष्टिक आहार उपलब्ध नहुँदा समस्यामा परेको सुत्केरी आमाहरुले अण्डा उपहार पाउँदा हर्षित हुनुका साथै अण्डाको महत्व बुझेको बताएका छन् । वडाका कार्यवाहक अध्यक्ष केशवराज विसीको अध्यक्षता एवं पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा। बेदबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अण्डाको महत्वका बारेमा नागरिकहरुलाई जानकारी दिइएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...