५ सय बढी नायब सुब्बा पदका लागि जागिर खुल्यो

पुस २३, काठमाण्डौ 

लोकसेवा आयोगले राजपत्र अनङ्कित पहिलो श्रेणी अर्थात् नायब सुब्बा पदका लागि झण्डै पाँच सय पदमा विज्ञापन खुलाएको छ । आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरि बुधबार पाँच सय ४८ पदमा विज्ञापन खुलाएको हो । यो पदका लागि माघ १० गतेसम्म दरखास्त दिन सकिने लोक सेवा आयोगको कार्यालयले जनाएको छ । त्यस्तै दोब्बर दस्तुर तिरेर माघ २१ गतेसम्म दरखास्त दिन सकिनेछ । लोकसेवा आयोगको काठमाण्डौ, धनकुटा, जलेश्वर, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयमा दरखास्त दिन सकिनेछ । दरखास्त फारम लोक सेवा आयोगको वेबसाइट www.psc.gov.np बाट पनि डाउनलोड गर्न सकिने छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...