अमृते सामुदायिक वनद्धारा २५ जना अगुवा कृषकलाई तालिम प्रदान

पुष २३ कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित अमृते सामुदायिक वनले संचालन गरेको बेमौसमी तरकारी खेती सम्बन्धि तालिम आज सकिएको छ । वनको गरिबी निवारण शिर्षक अन्र्तगत तीन दिन सम्म संचालन गरिएको सो तालिममा २ सय ९१ उपभोक्ताहरुबाट सहभागिता गराइएको थियो ।
प्रबिधि बिना अनुकुल मौसममा मात्र गरिने तरकारी खेतीमा परम्परागत सोँच र व्यवहार परिबर्तन हुन नसकिरहेका बेला वनले संचालन गरेको सो तालिम प्रति स्थानय पनि आकर्षित भएका छन् ।
तालिममा आम्दानी भन्दा बढी खर्च हुने भएकाले कृषी पेशामा आकर्षण हुन नसकेको भन्दै सहभागिहरुले गुनासो पनि गरेका छन् । तालिममा कृषकहरुलाई बेमौसी तरकारी खेती कसरी गर्ने ? भन्ने बिषयमा प्राबिधिक तथा शैदान्तिक ज्ञान प्रदान गरिएको वनका अध्यक्ष गोपाल गिरीले जानकारी दिनुभयो ।
आधुनिक प्रबिधि प्रयोग गर्दै थोरै जमीनमा धेरै उत्पादन गर्ने र त्यसैबाट परम्परागत कृषि प्रणालीलाई रुपान्त्रण गर्नुपर्नेमा पनि जोड दिइएको छ । तालिमको समापन कार्यक्रमा वाणगंगा नगरपालिका कृषि शाखा प्रमूख लेस बहादुर केसीले निर्बाहामुखी कृषी प्रणाली भन्दा आधुनिक तवरबाट बजारमुखी कृषी प्रणाली अबलम्बन गर्नुपर्ने बताउँदै आँफुले सिकेको सिप व्यहारमा उतार्ने र मनग्य आम्दानी गर्नुपर्नेमा सहभागिहरुलाई जोड दिनुभयो ।
अमृते सामुदायिक वनले सो तालिम पश्चात वनको उपभोक्त मध्येबाट अगुवा किसानहरुलाई विभिन्न किसिमका बेमौसमि विउ वितरण गर्ने समेत जनाएको छ ।
कार्यक्रममा कृषि प्राविधकि धनिराम आचर्या, संतोषकुमार भुसाल र प्राविधिक सहायक पदम घिमिरेको सहजिकरण रहेको थियो । तालिममा अगुवा कृषक २५ जना सहभागि भएका थिए । वनकी सचिव मिना सिंजापतिको संचालनमा तालिम सम्पन्न भएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...