Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

बसको ठक्करबाट प्यूठानमा एकजनाको मृत्यु

 पुस २५ 

प्यूठान  प्यूठानमा बसको ठक्करबाट स्वर्गद्वारी दर्शनका लागि आएका एक भारतीयको मृत्यु भएको छ।

शुक्रबार बिहान स्वर्गद्वारीबाट दाङ तर्फ जाँदै गरेको ना ३ ख ५५५९ नम्बरको बसले स्वर्गद्वारी नगरपालिका–२ बाइनेटामा भारतको युपी सराबस्ती बस्ने २६ वर्षीय गुरु प्रसाद यादवलाइ ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

सोही स्थानका २३ वर्षीय नथुराम यादवको भने बाँया खुट्टा भाँचिएकाले उपचारको लागि दाङ तर्फ लगिएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

मृतक र घाइते सोही बसमा स्वर्गद्धारी मन्दिर दर्शन गरी फर्कने क्रममा ओरालो बाटो भएको कारण गाडीबाट झारेर पैदल हिड्दै गर्दा घटना भएको प्रहरीले जनाएको छ। गाडी र चालक प्रहीको नियन्त्रणमा रहेका छन्।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...