कपिलवस्तुमा पोखरीमा डुवेर एक बालिकाको ज्यान गयो

असोज २५

पोखरीमा डुवेर कपिलवस्तुमा एक बालिकाको ज्यान गएको छ । कपिलवस्तुको विजयनगर गाँउपालिका वडा नं ६ उजलपुर निवासी ब्रम्हानन्द कोरीको १२ बर्षीय छोरी लक्ष्मीको डुवेर ज्यान गएको हो ।

उजलपुर गाँउ नजिकै रहेको पोखरीमा कमलको फुल टिप्न गएको वेला डुवेर ज्यान गएको स्थानिय जानकी प्रसाद यादवले जानकारी दिनु भयो । दुई जना साथी भएर कलम टिप्न गएका थिए । अर्की एक बालिका डुब्न लागेको देखेर गाउलेहरुले एक बालिकालाई उद्धार गरेका छन ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...