Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

सामुदायिक रेडियो वाणगंगाको भवनको शिलन्यास माघ ४ गते गरिदैँ ।।

पुष २५ कपिलवस्तु

कपिलमुनि सामाजिक विकास संस्थाद्धारा संचालित सामुदायिक रेडियो वाणगंगाको स्थायी भवन निर्माण प्रक्रिया सुरु भएको छ । आज बसेको संचालक समितिको बैठकले भवन निर्माण प्रक्रिया सुचारु गर्न सबै तहका पदाधिकारीहरुको सक्रियता आवस्यक रहेको जनाउँदै तिव्रताका साथ लाग्ने निर्णय गरेको छ ।

त्यस्तै संस्थाको भवन निर्माण कार्य माघ ४ गते वाणगंगा नगरपालिकाका नगर प्रमूख मंगल प्रसाद थारु र उप प्रमूख चक्रपाणी अर्यालबाट शिलन्यास गर्ने निर्णय भएको सस्ंस्थाका अध्यक्ष दुर्गाबहादुर के.सीले बताउनुभयो । वि. सं. ७१ साल अशोज १३ गते बिहान ९ बजे देखि विधिवत प्रसारण सेवा सुचारु गरेका रेडियो वाणगंगा हाल दैनिक १८ घण्टा नियमित प्रसारणमा रहदै आएको छ । पाँच नम्बर प्रदेशमै रेडियो पत्रकारिता र संचारमाध्यमको रुपमा फरक तवरबाट रेडियो स्थापित भईसकेको छ । शान्ति समृद्धि र संचारलाई मुख्य उद्धेश्य बनाउँदै छैठौँ वर्षको सेवा प्रवाह गरिरहेको रेडियोले स्थानिय हरेक विषयहरुलाई शुक्ष्म तवरबाट प्रसारणमा ल्याउँदै आएको छ । सामाजिक हरेक विषयमा उल्लेखनीय सहभागिता जनाउँदै अहिले प्रदेशमै स्थापित भएको रेडियोका स्टेशन म्यानेजर गणेश पोख्रेलले बताउनुभयो । माघ ४ गते देखि सुरु हुने भवन निर्माण कार्य एक वर्ष भित्र सम्पन्न गरी आफ्नै स्थायी भवनबाट प्रसारण सेवा संचालन गर्ने लक्ष्य राखिएको पनि उहाँले जानकारी दिनुभयो । कुल ९१ लाख ९९ हजार ७ सय ३३ रुपैँया ४० पैसाको लागतमा सो भवन निर्माण गर्न लागिएको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...