Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

मुआब्जा वितरणमा ढिलाइ हुँदा हुलाकी राजमार्गको काममा ढिलाइ

पुस २६,

हुलाकी राजमार्गको मुआब्जा वितरणमा ढिलाइ हुँदा निर्माण कार्यमा ढिलाई भएको छ। सडकको मध्य भागबाट दायाँबायाँ गरी कुल ३० मिटर क्षेत्रलाई लमही कोइलावास हुलाकी सडकको क्षेत्र तोकिएको छ।

आवश्यक जग्गा अधिग्रहण गर्न सरकारले करिब ७०० कित्ताको जग्गाधनीलाई करिब ३५ करोड रुपैयाँ मुआब्जा वितरण गर्नुपर्ने हुन्छ। तर, सम्झौता सकिन चार महिना मात्र बाँकी रहँदा पनि मुआब्जा वितरणको काम सम्पन्न भएको छैन।

यसअघि जग्गाको मुआब्जा बुझिसकेकाले पनि पुनः घरको मुआब्जा माग गर्न थालेका छन्। थोरै पैसामा घर नबन्ने भन्दै घरको पनि क्षतिपूर्ति माग गरेको लमही–५ का दिलिप बुढाथोकीले बताए।  यस्तै, स्थानीय बालिका सेजुवालले आयस्रोत केही नभएकाले अर्को घर बनाउने गरी क्षतिपूर्ति पाउनुपर्ने बताउँछिन्। चन्द्रादेवी श्रेष्ठले जग्गाको मुआब्जा पाए पनि घरको नपाएको बताउँछिन्।

यता लमही बजारको करिब एक किलोमिटर बजार क्षेत्रमा सडक क्षेत्रभित्र पर्ने पूर्वाधार नहटाउँदै निर्माण कम्पनीले कालोपत्रेको तयारी गरेको छ। कम्पनीले पुरानो कालोपत्रे उप्काएर नयाँ कालोपत्रेको थालनी गरिसक्दा समेत सम्बन्धित निकाय मौन छ।

हुलाकी राजमार्ग निर्माण गर्नका लागि सरकारी निकायका संरचना खानेपानीको पाइप, टेलिकमका सामग्रीहरु र बिद्युतका पोल, घरलगायतका संरचनाले निर्मान कार्यमा अवरोध पु¥याएको निर्माण कम्पनिका प्रतिनिधि लालबहादुर रावतले बताए। प्रभावितमध्ये धेरैले मुआब्जा पाइसकेको उनको भनाइ छ।

नियमानुसार कालोपत्रे सडक सात मिटर चौडा हुने, पिचदेखि नालासम्म दायाँबायाँ २९ मिटर चौडा ग्राभेल गरिने र त्यसपछि एक मिटरको नाली बनाइने हुलाकी सडक आयोजना कार्यालयको योजना छ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...