प्रजातान्त्रिक सेनानी शेन परिवारलाई तरुण दल र नेविसंघद्धारा राहत प्रदान ।।

बसन्त पौडेल

प्रजातान्त्रिक सेनानी भरत शेनको परिवारलाई तरुण दल र नेपाल विद्यार्थी संघ ( नेविसंघ) कपिलवस्तुले राहत वितरण गरको छ । कपिलवस्तुको वाणंगा नगरपालिका वडा नम्बर ५ कोपवा स्थित प्रजातान्त्री सेनाी शेनको परिवारलाई सरक डसना त्रीपाल तथा खाद्यान्न लगाएतका सामाग्री प्रदान गरिएको तरुण दल कपिलवस्तु क्षेत्र नम्बर १ का सचिव गोविन्द आचार्यले जानकारी दिनुभएको छ । नेपाली कागं्रेस मधौलीय टोल संयोजक कमल खनालको सभापतित्वमा संचालन गरिएको सो कार्यक्रममा जिल्ला समन्वय समितिकी उप प्रमूख तारावती चौधारीको प्रमूख आतिथ्यता रहेको थियो । कार्यक्रममा चौधारीले नेवि संघ र तरुण दलले गरेका सामाजिक क्रियाकलापहरुको प्रशंसा गर्दै आगमी दिनमा पनि यस्ता सामाजिक क्षेत्रका उदाहरणीय कार्यमा लाग्नुपर्ने बताउनुभयो । उहाँले नेवि संघ र तरुणदलका युवाहरुले गरेका कामहरुले एक सकारात्मक सन्देश प्रवाह गरिरहेका पनि बताउनुभयो । यस्तै तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरीले प्रजातान्त्रिक सेनानी भरत शेनको परिवारले नेपाली कागं्रेस प्रति ठूलो योगदान गरेको उल्लेख गर्दै नेवि संघ र तरुण दल सदैव साथमा रहेको बताउँदौ समाजमा भएका अति विपन्न परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । माहादिवेशन प्रतिनिधि छविलाल नेपालीले सेन परिवार प्रति आफू नजिकबाट जानकार रहेको भन्दै आगामी दिनमा पनि सहयोगका लागि तत्पर रहेको बतउनु भयो । कार्यक्रममा नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर १ का सभापति चन्द्रकान्त पोख्रेलले कार्यक्रम मा स्वागत गर्दै नेवि संघ र तरुण दलले कपिलवस्तु जिल्लामा विभिन्न समयमा विभन्न किसिमका कार्यहरु संचालन गर्दै आएको भन्दै समुदायमा रहेका विपन्न तथा आर्थिक अवस्थाबाट कमजोर रहेकाहरुको साथमा पनि क्रियाशिलताका साथ लागिरहेको बताउनुभयो । यता वाणगंगा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले वडा र नगरपालिका दुवै क्षेत्रबाट सक्दो सहयोग गर्न आफु पनि तयार भएको बताउनुभयो । नेवि संघ र तरुण दलले आफ्नै निवासमा आई आफूलाई सहयोग प्रदान गरेको प्रति प्रजातान्त्रिक सनानी सेनले खुसि व्यक्त गर्दै धन्यवाद दिनु भएको थियो । कार्यक्रममा नेपाली कागं्रेस वडा नम्बर ५ का सभापति शालिकराम पौडेल, क्षेत्र न १ का क्षेत्रीय सचिव प्रेमनारायण पौडेल, तरुण दल क्षेत्रीय अदक्ष तिलक थापा बिधार्थी नेता तिलक पाण्डे लगाएतको आतिथ्यता रहेको थियो भने कार्यक्रमको संचालन तरुण दल क्षेत्र नम्बर १ का सचिव गोबिन्द आचार्यले गर्नु भएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...