हिमाली बचत तथा ऋण सहकारी पाँचौ अधिवेशनबाट अर्यालको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमितिको चयन ।।

बसन्त पौडेल पुष २६ कपिलवस्तु

आजको बचत भोलीको सुनौलो भविष्य भन्ने मूल नाराका साथ हिमाली बचत तथा ऋण सहकारी संस्था वाणगंगा ५ कोपावाको १२ औँ साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ ।

सम्पन्न साधारणसभा कार्यक्रममा वाणंगंगा नगरपालिकाका मयर मंगल प्रसाद थारुले बचत र ऋणमा मात्रै सिमित नबनी उत्पादनका काममा पनि सहकारीहरु लाग्नुपर्ने बताउनुभयो । उनले आफू आफै आत्मनिर्भर बन्न सक्यौ भने सिपमूलक तालिमको माध्यमबाट स्वरोजगार पनि बन्न सकिने बताउनुभयो । त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिकी उप प्रमूख तारावती चौधरीले नेपाल कृषि प्रधान देश भएका कारण कृषिकै माध्यमबाट समृद्ध नेपाल बनउन सकिने बताउनुभयो । त्यस्का लागि कृषिमै लगानी गर्नु आवस्यक रहेको पनि बताउनुभयो ।
संस्थाको साधारण सभा कार्यक्रममा हिमाली बचत तथा ऋण सहकारीका कोषाध्यक्ष कमल प्रसाद खनालले आर्थिक वर्ष २०७५÷०७६ को कुल ६० करोड २४ लाख ६ हजार ३ सय ६२ रुपैँया बराबरको आर्थिक प्रतिवेदन सार्र्वजनिक गरेका थिए । त्यस्तै गत आर्थिक वर्षमा हिमाली बचत तथा ऋण सहकारी संस्थाले गरेका कार्यविवरणहरुको प्रस्तुति सहित संस्थाका सचिव भरतराज न्यौपानेले  वार्षिक प्रगति प्रतिवेदन प्रस्तुुत गरेका थिए ।
कार्यक्रममा अब्दुल सत्तार खाँ, महेन्द्र माविका सहायक प्रधानाध्यापक तनुश्री भण्डारी, जिल्ला सहकारी संघका उपाध्यक्ष तेजप्रसाद आचार्य लगाएतले साधारण सभाको सफलताको शुभकामना दिएका थिए । संस्थाले विभिन्न असल बचतकर्ता, असल जोडी बचतकर्ता, उत्कृष्ट बाल बचत, जेष्ठ नागरिक, सफल ऋणी, राष्टसेवक शिक्षक लगाएतलाई मायाको चिनो सहित सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष भुसालको अध्यक्षता रहेको थियो भने उपाध्यक्ष बाबुराम अर्यालको स्वागत र सचिव भरतराज न्यौपानेको संचालनमा साधारण सभा सकिएको हो ।

यसैबिच पाँचौ अधिवेशनले बाबुराम अर्यालको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमितिको चयन गरेको छ । जसको उपाध्यक्षमा भरतराज न्यौपाने, सचिवमा कमल प्रसाद खनाल, कोषाध्यक्षमा लक्ष्मण भुसाल चयन भएका छन । उता लेखा समितिको संयोजकमा कपिल घिमिरेलाई चयन गरिएको छ भने समितिको सदस्यमा रामबली चौधरी र मधु गौतम भुसाल रहनुभएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...