Archives


अध्यक्षका उदाहरणीय कामले गर्दा शुद्धोधन गाउँपालिका वासीले गरे सिहंदरवारकोआवास ।।

वाणगंगा अनलाईन कपिलबस्तु पौष १५

गाउँ गाउँमा सिह दरवार आए जस्तै भान शुद्धोधन गाउँपालिकाका नागरिकहरुले गर्न थालेका छन् । गाउँपालिकाको विकास योजना र देखिन थालेका परिवर्तनबाट गाउँपालिकावासी मात्रै होईनन् जिल्लाका अन्य स्थानीय तहका लागि सिकाई केन्द्र वन्दै छ । गाउँपालिका प्रमुख निसार अहमद खां गाउंपालिका भरी तथा अन्यत्र आफ्नै निजी मोटरसाईकलमा हिड्ने अति आवश्यक परे कार्यालयको गाडी प्रयोग गर्ने गर्छन् ।

गाउँपालिकाको ठुलो योजनाको रुपमा वडा नं। २ र ६ को बीचमा पर्ने बेति नदीमा ५ करोड ८० लाख लागतमा पक्की पुल निर्माण भइरहेको छ । गाउँपालिकाको पहलमा कन्या कलेज सञ्चालनमा आएको छ । कलेज सञ्चालनमा आएपछि १ सय ४० जना छात्राहरुले गाउंमै बसेर अध्ययन गर्ने अवसर पाएका छन् । उनीहरुलाई निःशुल्क रुपमा गाउँपालिकाको बजेटबाट पोशाक वितरण गरिएको छ । गाउंपालिकाले सामाजिक सुरक्षाका कार्यक्रम अन्तर्गत पालिका भित्रका विपन्न विधवा महिलाहरुलाई स्वरोजगारमा अघि बढाउन जनही १० हजारका दरले सहयोग रकम वितरण गरिएको छ । यस्तो रकम पाएका ५० जनाले गाउं घरमै साना तिनो पसल संचालनलाई टेवा पुगेको छ । यस्तो रकमबाट उनीहरुले पान पसल, किराना पसल लगायतका साना व्यवसाय सञ्चालन गर्दै आएका छन् । अपांङ्ता भएका व्यक्तिहरुलाई लक्षित गरी ६ जना अपाङ्गता भएका मानिसलाई रिक्सा र दुवै खुट्टा नभएका एवं नचल्ने १० जनालाई स्कुटी वितरण गरिएको छ । चालु आर्थिक वर्षमा थप १० जनालाई स्कुटी वितरण गर्ने तयारी भइरहेको गाउपालिका प्रमुख खांले वाणगंगा अनलाईन संग बताउनु भयो ।

गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिएको छ । एउटा एम्बुलेन्सले सेवा दिंदा भ्याई नभ्याई छ । अर्को वर्ष थप अर्को एम्बुलेन्सबाट सेवा प्रवाह गरिने गाउँपालिकाले जनाएको छ । क्यान्सर, मुटु, मृगौला पीडित विरामीलाई गाउँपालिकाका उपचारस्वरुप प्रतिव्यक्ति ३० हजार रुपैयाँ प्रदान गरिँदै आएको छ । १ सय ४३ जनाले उक्त सेवा लाभ उठाइसकेका छन् । दैविक प्रकोपबाट पीडित नागरिकहरुका लागि लक्षित गरेर गाउँपालिकाले प्रति परिवार ३० हजारका दरले हालसम्म ३० परिवारलाई सेवा पुर्याइसकेको बताईएको छ । वडा नं। १ मा बर्थिङ सेन्टर सञ्चालन गर्ने योजना गाउँपालिकाको छ । गाउँपालिकाभित्रै १५ शैयाको अस्पताल स्थापनाका लागि जग्गा व्यवस्थापन गरेर आवश्यक स्वीकृतिका लागि सम्बन्धित निकायमा पत्राचार गरिसकेको अध्यक्ष खाँले बताउनु भयो ।

गाउँपालिका प्रमुख खांले गाउँपालिकाकै पहलमा मेडिकल कलेज खोल्ने योजना पनि बनाउनु भएको छ । शुद्धोधन सामाजिक स्वास्थ्य केन्द्र स्थापना गरी भौतिक पूर्वाधार निर्माण भएपछि शुद्धोधन मेडिकल कलेजका रुपमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छु, गाउंपालिका प्रमुख खांले भने, “ कलेज स्थापनाका लागि २० बिगाहा जग्गाको व्यवस्था भई सकेको छ ।” यसका लागि संघीय सरकार, प्रदेश सरकार र अन्य दाताहरुलाई आर्थिक सहयोगका खोज्ने काम हुदैछ, उनले भने । त्यस्तै नर्सिङ शिक्षा गाउँपालिकाकै पहलमा उपलब्ध गराउनका लागि नर्सिङ कलेज खोल्ने तयारी पनि थालेको छु, उहाँले भन्नु भयो । ।

कपिलवस्तु जिल्लाका गाउँपालिकाका हरेक निर्णयहरु पूर्ण सहभागितात्मक ढंगबाट गरिन्छन् । उप-प्रमुख सुधा देवी पाण्डेय पनि प्रमुख खांको योजना र कार्यक्रमलाई पूर्ण रुपमा सघाउनु भएको छ । । गाउँपालिका अध्यक्षले सवै वडा अध्यक्षहरुलाई मिलाएर हिड्नु भएको छ । कपिलवस्तु जिल्लाका दश स्थानिय तह मध्ये शुद्धोधन गाउँपालिका प्रमुख जिल्लाकै उदाहरणीय वन्दै गएको उहाँले भन्नु बताउनु भयो । ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...