Archives


शुद्धोधन गाउँपालिकाले ६ गर्ववती महिलालाई कमल बितरण ।।

वाणगंगा अनलाईन

पुषको समयमा पानी परेपछि चिसो र ठण्डीले गर्भवती महिलाहरुलाई सताउन लगेपछि शुद्धोधन गाउँपालिकाले गर्भवती महिलाहरुलाई कम्मल वितरण सुरु गरेको छ । युनिसेफ नेपाल भैरहवा फिल्ड कार्यालयको सहयोगमा गाउँपलिकाले गाउँपालिका क्षेत्रका ६ वटै वडाका गर्भवती महिलाहरुको तथ्याकंको आधारमा कम्मल वितरण गरेको हो ।
सो अन्र्तरगत वडा नं १ पतरिया र वडा नं २ नन्नदनगरमा गरी १ सय ९० कम्मल वितरण गरिसकेको गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँले बताउनुभयो । अन्य वडामा सोमवारसम्म कम्मल वितरण कार्य सम्पन्न गर्ने समेत खाँले बताउनुभयो । राजनैतिक आड र होचुवाको भरमा नभई स्वास्थ्य चौकीमा गर्भजाच गराइ गर्भजाँच गरेका गर्भवती महिलाहरुको लागि मात्र कम्मल वितरण गरिएको अध्यक्ष खाँले बताउनुभयो ।
सो अवसरमा वडा नं १ का अध्यक्ष तिलकराम यादवले चिसोको समयमा वास्तविक समस्याको आधारमा गर्भवती महिलाहरको लागि कम्मल वितरण गरिएको हुँदा लक्षित समुदाय सम्म काम पुगेको बताउनुभयो । वितरण समारोहमा वडा नं २ का अध्यक्ष मनोज कुमार यादव, वास सयोजक सुर्य पोखरेल, वृजेश चौधरी लगायतको सहभागिता रहेको थियो ।
पतरिया स्वास्थ्य चौकीका प्रमुख नाथुराम चौधरीका अनुसार वडा भित्रका स्वास्थ्य संस्थामा आई गर्भ जाच गर्ने सबै महिलाहरुले कम्मल पाएको बताउनुभयो । कम्मल पाएपछि वडा नं. १ अनराठकी सविता थारुले उचित समयमा क्कमल पाउंदा जाडो याममा आफुलाई सहज भएको बताउनुभयो । त्यस्तै वडा नं. २ की कलामुन निसाले पनि कम्मल पाएपछि चिसो वाट वच्च सजिलो भएको बताउनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...