नगर प्रमुख श्रेष्ठले गरे बुद्धभूमिका सबै वडामा पुगेर गरिव, असहाय, विपन्न तथा बुद्धहरुलाई सिरक वितरण ।।

वाणगंगा अनलाईन

कपिलवस्तुमा अत्याधिक जाडो भएपछि विभिन्न स्थानिय तहहरुले जनताहरुलाई कम्मल, सिरक तथा दाउरा वितरण गर्न गरि रहेका बेला । बुद्धभूमि नगरपालिका कपिलवस्तुले पनि प्रत्येक वडाका वस्तीमा पुगेर सिरक वितरण गरेको छ ।

नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठले प्रत्येक वडाका वस्तीहरुमा नै पुगेर गरिव, असहाय, विपन्न तथा बुद्धहरुलाई सिरक वितरण गर्नु भएको छ। नगरपालिका क्षेत्र भित्र प्रत्येक वडाहरुवाट असहाय तथा अति विपन्न समुदायका घरघुरीलाई छनौट गरि सिरक वितरण गरिएको प्रमुख श्रेष्ठले बताउनु भयो । नगरले चार लाख रकम विनियोजन गरी २ सय ९५ वटा सिरक खरिद गरि वितरण गरिएको समेत श्रेष्ठले बताउनु भयो । वडा नं १० धनकौलिमा ३५ जनालाई सिरक वितरण गरिएको वडा अध्यक्ष त्रिकोकी खरविन्दले बबताउनु भयो। साथै त्रिलोकीले वडामा अति गरिवहरुको लागि मापदण्ड वनाएर अन्य सहयोग गर्ने कार्यक्रम तय गरिएको समेत बताउनु भयो । ।
त्यस्तै वडा नं ६ महुवामा पनि २३ थान सिरक वितरण कार्य सम्पन्न गरिएको छ २ दिन भित्र वाँकी वडामा वितरण गरिने नगरपालिकाले जनाएको छ । विभिन्न सामुदायिक वन तथा डिभिजन वन कार्यालयसंग सहकार्य गरी चिसोवाट राहत दिलाउनको लागि चौक चौकमा दाउरा समेत वितरण गरिएको नगर प्रमुख श्रेष्ठले बताए । चिसोको समयमा सिरक पाएपछि बुद्धभूमि १० ढडिहवाकी प्रदेशनी थारुले चिसोमा न्यानो सिरकले आफुलाई सहज हुने बताउनु भयो । । त्यस्तै वडा नं १० कै धनकौलीकी शुभावती कोरीले अत्याधिक जाडोमा सिरकले आफुलाई रात काट्न सजिलो हुने बताउनु भयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...