वैशाख मसान्तमै योजनाका काम सम्पन्न हुन्छन् : नगर प्रमूख श्रेष्ठ

पुष २८ कपिलवस्तु

कपिलवस्तुको जिल्लाको बुद्धूभी नगरपालिकाको छैँठौ नगर सभा आज सम्पन्न भएको छ । कृषि वन पर्यटन जलाशय र पुर्वाधार, सुखि खुसी बुद्धभुमीको मुल आधार भन्ने मुल नाराका साथ आयोजना गरिएको नगर सभामा शिक्षा ऐन २०७६ पारित भएको छ भने सो ऐनलाई वडा नम्बर ४ का वडा अध्यक्ष पवन थारुले बुद्धभूमि नगर शिक्षा ऐन प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै नगरसभामा नगर प्रमुख केशव कुमार श्रेष्ठले आगामी दिनका योजनाको सम्बन्धमा प्रष्ट पार्दै नगरपालिकाबाट हुन सक्ने सम्पूर्ण सेवा सुविधा नागरिकहरुको प्रत्यक्ष अपनत्व हुनेगरी संचालन गरिने जनाउनुभयो । त्यसतै उहाँले प्रदेश ५ को स्थायी राजधानीको सवालमा बुद्धभुमि नगरपालिकाको नाम पनि सिफारिसमा परेकोमा खुसि व्यक्त गर्दै यसका लागि नगरपालिका सँगै नगरबासी र जिल्लाबासि पनि एकजुट भएर लाग्न सके कपिलवस्तु जिल्लाको उज्वल भविष्य रहेको पनि बताउनुभयो ।
नगरपालिकाबाट चालु वर्षका लागि विनियोजनमा परेका अधिकाशं योजनाहरु टेण्डर भईसकेको र कतिपय योजनाको काम समेत सम्पन्न भएको भन्दै बाकी रहेका कामहरु बैशाख मसान्त सम्म सम्पन्न गर्ने योजना रहेको सुनाउनुभयो । नगरको विकासका लागि नगरबासि सँगै सबैको सकारात्मक सल्लाह सुझाव र धारणा आवस्यक रहेको जिकिर गर्नुभयो ।
नगर प्रमूख श्रेष्ठको अध्यक्षता रहेको नगर सभामा उप प्रमुख मिरा थारु, सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा नगरपालिकाका विभन्नि विषयगत शाखाका प्रमूखहरु, नगरवासी, संचरकर्मी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन प्रशासन शाखा प्रमूख राजनकुमार पोख्रेलले गर्नुभएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...