बुद्धभुमिमा अपाङगता भएका ८० जनाले पाए न्यानो कपडा

पुष २८ कपिलवस्तु

कपिलवस्ुको बुद्धभुमि नगरपालिकामा आज अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा प्रदान गरिएको छ । अपाङगं लक्षित नगर संजालको अयोजना तथा फिउचर अफ होपको सहयोगमा नगरको वडा नम्बर ९ अन्र्तगतका ८० जना अपाङ्गता भएकाहरुलाई सो कपडा वितरण गरिएको हो ।
अपाङगं लक्षित नगर संजालका अध्यक्ष अब्दुर जहिदको अध्यक्षतामा आयोजनामा वितरण गरिएको कार्यक्रममा बुद्धभुमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठको प्रमूख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेयर श्रेष्ठले नगरपालिका तथा नगरका विभिन्न वडाहरुले पनि न्यानो कपडा वितरण कार्यक्रम संचालन गरिरहेको अवस्थामा अपाङ्ग संजालले पनि कार्यक्रम संचालन गरेकोमा खुसि व्यक्त गर्नुभयो । कार्यक्रममा बुद्धभुमि ५ का वडा अध्यक्ष वेचन प्रसाद यादव, फिउचर अफ होपका कार्यक्रम कोडिनेटर कवि थापालगाएतको आतिथ्यता रहेको थियो । होपका उपाध्यक्ष सूर्य गिरीको स्वागत तथा अपाङ्ग संजालका सदसय अनिल अधिकारीको संचलनमा कार्यक्रम सम्पन्न भएको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...