प्राविधिक तथा व्यावसायिक तालिम परिषदद्धारा जितपुरमा अन्र्तक्रिया

बसन्त पौडेल पुस २८

प्राविधिक शिक्षा आजको आवश्यकता विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्राविधिक तथा व्यावसायिक तालिम परिषद विद्यार्थी समन्वय समिति प्रदेश ५ को अयोजनामा संचालन गरिएको अन्र्तक्रिया तथा विचार गोष्ठिमा नेपापली कागं्रेस नेता तथा पूर्व मन्त्री दिपकुमार उपाध्याले वर्तमान समयको माग नै प्राविधिक शिक्षा रहेको भन्दै अहिलेको नयाँ पुस्ताले प्रविधिको उच्च प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।

अबको नयाँ पुस्ता प्रविधि विना निश्किृय जस्तै बन्ने भन्दै समयको माग अनुरुप सोच र व्यवहारलाई पनि गतिशिल बनाउन आवस्यक रहेको पनि बताउनुभयो । कपिलवस्तुको वाणगंगा नगरपालिका चार नम्बर जितपुर स्थित होटल एडीमा अयाोजित कार्यक्रममा पूर्व मन्त्री उपाध्यायको प्रमुख आतिथ्यता सहित कागं्रेस पूर्व जिल्ला सभापति राजेश आचार्य,नेविसंङ्घका पूर्व अध्यक्ष एवम् केन्द्रिय पूर्व सदस्य युवराज के.सी, नेता दोलक घिमिरे,गुरुदेव पौडेल,विद्यार्थी नेता अस्लाम गद्दि,तिलक पाण्डे लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयका एकाई सभापतिहरु, समाजसेवी, बुद्धिजीवी लगाएतको उपस्थिति रहेको थियो ।

प्राविधिक तथा व्यावसायीक तालिम परिषद प्रदेश ५ का सभापति विशाल आचार्यको सभापतित्व मोहम्मद सरिफ मुसालवानको स्वागत तथा परिषदका सचिव सुवाश पौडेलको संचालनमा कार्यक्रम समापन गरिएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...