Archives


‘तुलसीपुर महोत्सव’को उद्घाटन पर्यटन मन्त्री भट्टराइले गर्ने

पुस २९

पर्यटन भ्रमण बर्ष २०२०को अवसर पारेर तुलसीपुरमा आयोजना हुन थालेको तुलसीपुर महोत्सव उद्घाटन गर्न पर्यटन मन्त्री योगेश भट्टराई आउनुहुने भएको छ । माघ ९ गते सुभारम्भ हुने भनिएको तुलसीपुर महोत्सव राष्ट्रिय सभा निर्वाचनका कारण माघ १० गतेदेखि सुरु हुने महोत्सव मुल आयोजक समितिका संयोजक विर वहादुर रावत(विरु)ले जानकारी दिनुभयो ।

पर्यटनमन्त्री भट्टराइसंगै महोत्सव उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष भवानी राणा, पुर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष चन्द्र ढकाल सहित प्रदेश र जिल्ला नगरबाट करीव एक सय पचास भन्दा बढि उद्योग वाणिज्य संघमा आवद्ध नेताहरु सहभागि हुने निश्चित भएको छ ।

उद्घाटन कार्यक्रममा नेपाल भ्रमण बर्ष २०२० का संयोजक सुरज बैद्य पनि सहभागि हुने जनाइएको छ । किनकि तुलसीपुर महोत्सव विशेषगरी नेपाल भ्रमण बर्ष अभियान सफल बनाउने लक्ष सहित आयोजना हुन थालेको छ । महोत्सवको तयारी तिब्र रुपमा अघि बढेको छ । चार सय स्टलको व्यवस्थापन सहित महोत्सवमा साना तथा मझौला व्यवसायीलाइ प्रोत्साहन गर्ने बताइएको छ ।

स्थानीय उत्पादनको बजारीकरणमा महोत्सव केन्द्रित हुने छ । पर्यटनसंग जोडिएका विविध महत्वका क्षेत्रहरुको हेलिकोप्टरबाट अवलोकन गर्ने सम्मको व्यवस्थापन गरिएको आयोजक कमिटिका स्टेयरीङ कमिटिका संयोजक विमल रिजालले बताउनुभयो

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...