नेपालबाट भारततर्फ लैजाँदै गरेको ४० लाख बराबरको कपडासहित जीप प्रहरी नियन्त्रणमा

 पुस २९ 

अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको ४० लाख बराबरको कपडासहित जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरको महाकाली नगरपालिकाको भारतीय सीमा क्षेत्रबाट अवैध सामानसहित जीपलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

सशस्त्र प्रहरी निरीक्षक रामसिंह भण्डारीको नेतृत्वको टोलीले सोमबार राति वडा नम्बर १ स्थित नेपाल–भारत सीमा क्षेत्रको दशगजा क्षेत्रबाट युके १८ सिए ४८९२ भारतीय नम्बर प्लेटको जीपमा रहेको अवैध कपडा बरामद गरेको छ ।

सामान तस्करी गर्ने व्यक्तिहरु भने फरार रहेको प्रहरीले बताएको छ । बरामद कपडा र जीप भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको प्रहरीले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...