अर्काको जग्गा बटैया गरी खाने किसनलाई सरकारले करार खेती कार्यक्रम ल्याउँछ : मन्त्री आरती पौडेल

राजेन्द्र खनाल पुष २९ कपिलवस्तु

विकासको प्रमूख आधार सहकारी रहेको पाँच नम्बर प्रदेश सरकारकी भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरति पौडेलले बताउनु भएको छ । सहकारी सम्बद्ध व्यक्तिहरुको सहयोग र सहकार्य सरकार सँग पनि रहे कुनैपनि नागरिकहरु भोको रहनुपर्ने स्थिति नरहने पनि उहाँले बताउनुभयो । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका मोतिपुर स्थित साना किसान सहकारी संस्था लि. को २० औँ वार्षिक साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले साना किसान सहकारी किसानहरु सँग जोडिएको भन्दै किसानले मलखादको अभाव खेप्नुपरेको अवस्था वास्तविक रहेको स्विकार गर्नुभयो ।

मन्त्री पौडेलले प्रयाप्त मात्रामा मल सरकार सँग नभएका कारण समस्या आएको भन्दै संघिय सरकार समक्ष मलखाद अवस्यकताको स्थितिका बारेमा प्रदेश सरकारले माग गरिसकेको पनि दावि गर्नुभयो ।
यस्तै उहाँले प्रदेश सरकारले ५० प्रतिशत अनुदानमा मूल विउ प्रदन गर्ने तयारी गरिरहेको पनि सुनाउनुभयो । मन्त्री पौडेलले किसानले उत्पादन गरेका वस्तुको मूल्याङ्कन गरि प्रोत्साहन पनि प्रदान गरिने बताउनुभयो ।

कपिलवस्तु ठूला ठूला जमिनदार र साना साना किसानहरु भएको जिल्ला भएका कारण थोरै जमिन भएका किसानले उत्पादन गर्ने र ठूला जमिनदारले त्यसको उपभोग गर्ने परिपाटी बसेका कारण जमिनको खण्डीकरण र पलटिङ गर्ने प्रवृत्तिको अब प्रदेश सरकारले बन्द गर्ने गरी योजना बनाईरहेको बताउनुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य बलराम अधिकारीले वाणगंगा नगपालिका भित्रका सबै किसानहरुलाई समेट्न सक्ने सहकारीको रुपमा साना किसान सहकारी संस्था रहेको भन्दै बृहत योजना सहित आगामी दिनमा लाग्नुपर्ने बताउनुभयो ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य उमेद्धार बिमला घिमिरेले नयाँ सोच र विचार अनुसार सहकारीहरु पनि संचालन गर्नुपर्ने आवस्यकता औल्याउनुभयो । आफू पनि सहकारीको सदस्य भएका कारण सुरुवाती चरणबाटै सहकारीको साथ र सहकार्यमै रहेको पनि उहाँको भनाई थियो ।


साना किसान कृषि सहकारीले संस्थामा आबद्ध शेयर सदस्यहरुलाई विभिन्न किसिमका सिपमूलक तालिम प्रदानगर्दैै आएको छ भने चालु वर्षमा पनि नगरपालिका तथा वडाकार्यलय र प्रदेश सरकारसँगको समन्वयमा विभिन्न कार्यक्रम संचालन गर्ने लक्ष्य पनि प्रस्तुत गरेको छ । संस्थाका अध्यक्ष भिम प्रसाद सापकोटाले तयार पार्नुभएको वार्षिक प्रगति प्रतिवदेनमा आगामी ५ वर्षका लागि चालु वर्ष भित्र व्यवसायिक योजना निर्माण गरि सोही अनुरुप संस्थाका कृयाकलापहरु संचालन गर्ने जनाइएको छ ।
संस्थाका लेखा समितिका संयोजक विष्णु गिरीले साना किसान कृषि सहकारीले ८६ प्रतिशत ऋण लगानी गरिएको जनाउँदै ९९ प्रतिशत ऋण असुली भएको र १ सय १२ प्रतिशत व्याज असुली भएको बताउनुभएको थियो । संस्थाले २८ करोड २९ लाख ८८ हजार ३ सय ७२ रुपैयाँ २१ पैसाको कुल सम्पत्ति रहेको जनाएको छ ।
कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर ७ र ८ का वडा अधयक्ष क्रमशः विष्णु गिरी र गुणानिधि भुसाल, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विभिन्न सहकारी संस्थाका प्रमूखहरु लगाएतको आतिथ्यता रहेको थियो ।


साना किसान कृषि सहकारी संस्थाले विभिन्न कृषिजन्य पेशामा उल्लेख्य प्रगति गरिरहेका  समुह पाँचबाट दधिराम बस्नेत लगाएत अन्य समूहका ८ जना किसान तथा संस्थामा कूल १ लाख रुपैयाँको शेयर सदस्यता लिएका ८ जनालाई नगद सहित सम्मान गरेको छ । साधारण सभा कार्यक्रम स्थलमा सहकारीमा आबद्ध सदस्यहरुले उत्पादन गरेको आर्गनिक तरकारी तथा विभिन्न उत्पादनहरुको प्रर्दशनी पनि गरिएको थियो ।
संस्थाका अध्यक्ष भिमप्रसाद सापकोटाको अध्यक्षता तथा कृषि तथा सहकारी मन्त्री आरती पौडेलको प्रमूख आतिथ्यता रहेको कार्यक्रममा संस्थाकी उपाध्यक्ष राधिकादेवी पन्थ पौडेलको स्वगत र सदस्य भिम बहादुर थापाको संचालनमा सम्पन्न भएको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...