प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा स्वदेश तथा विदेश रहनुभएका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । साँस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघी पर्वले वन्धुत्व, एकता, सद्भाव र सहिष्णुता बढाउने विश्वस व्यक्त गर्दै उहाँले मकर संक्रान्तिको शुभकामना व्यक्त गर्नुभएको छ ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाती र समुदायको उत्थान र विकासमा जोड दिएको छ’, उहाँको शुभकामना वक्तव्यमा भनिएको छ— ‘अल्पसंख्यक, आदिवासी, जनजाती र पछाडि पारिएका जाती तथा समुदायको उत्थानकालागि संवैधानीक रुपमै आयोग गठन गर्ने व्यवस्था गरेर सम्मान व्यक्त गरेको छ ।’
मुलुक यतिखेर संविधान कार्यन्वयनको महत्वपूर्ण दिशामा अघि बढेको भन्दै मुख्यमन्त्री पोखरेलले तीन तहका सरकारले संविधानको व्यवहारिक कार्यान्वयन गर्दै अघि बढेको बताउनुभएको छ । उहाँले सरकार समृद्ध नेपाल खुशी नेपालीको अभियानमा लागिपरेकोसमेत बताउनुभएको छ ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत अन्य दलाका नेताहरुले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।