सामुदायिक रेडियो वाणगंगा ९०.६ मेगाहर्जको भवन शिलान्यास कार्यक्रम सम्पन्न ।।

वाणगंगा अनलाईन माघ ४ कपिलवस्तु

कपिलमुनी सामाजिक विकास संस्थाद्धारा संचालित सामुदायिक रेडियो वाणगंगा ९०.६ मेगाहर्जको भवनको शिलान्यास सम्पन्न भएको छ । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ७ घेरवा बनगाई महेन्द्र राजमार्ग चोक देखी करिब १०० मिटर दक्षिण क्षेत्रमा निर्माण हुने भवनको शिलान्यास वाणगंगा नगरपालिका नगर प्रमुख मंगल प्रसाद थारु र उप–प्रमूख चक्रपाणी अर्यालको संयुक्त करकमलबाट शिलान्यास भएको हो ।

वि.सं. २०७१ साल अशोज १३ गते बिहान ९ बजे देखि विधिवत प्रसारण सेवा सुचारु गरेका सामुदायिक रेडियो वाणगंगा हाल दैनिक १८ घण्टा नियमित प्रसारणमा रहदै सामाजिक क्षेत्रका हरेक विषयमा उल्लेखनीय सहभागिता जनाउँदै पाँच नम्बर प्रदेश मै एक फरक पहिचाहन वनाउन सफल स्थापित सञ्चार माध्यम सामुदायिक रेडियो वाणगंगाले शान्ति समृद्धि र सञ्चारको तरङ्गलाई मुख्य नारा बनाउदै नियमित प्रसारणमा रहेको रेडियो छैठौँ वर्षमा सेवा प्रवाह गरिरहेको छ ।
शिलान्यास कार्यक्रममा नगर प्रमूख थारुले नगरपालिका भित्र धेरै मिडियाहरु संचालन रहेको भए पनि सामुदायिक रेडियो वाणगंगाले प्रदेश नम्बर ५ मै फरक पहिचान वनाउन सफल र अन्य मिडियाको तुलनामा उच्च स्थानमा रहेको बताउनु भयो । त्यस्तै उहाँले कुनै पनि विवाद र मुद्दा नखेपी स्वच्छ र निश्पक्ष पत्रकारीताको जग बसालेको भन्दै रेडियोको भवन निर्माणको शिलान्यासमा मात्रै नभई पूर्ण तयार हुने अवस्था सम्म आफ्नो साथ रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । पत्रकारीतामा नारा चाहि नपक्ष र नविपक्षको यात्रा निश्पक्ष्यको भनि नारा राख्ने तर कुनै न कुनै क्षेत्र र निकायबाट परिचालित हुने मिडियाको भिडमा रेडियो वाणगंगाका पत्रकारहरु सन्तुलित तवरबाट सक्रिय रहेको देख्दा अत्यन्तै आफु खुसी भएको पनि बताउनु भयो ।


त्यस्तै नगर उप प्रमूख चक्रपाणी अर्यालले वाणगंगा नगरपालिका सँगै नाम जोडिएको मिडियाको नाम नै रहेकोले पनि नगरपालिकाको गरिमा उच्च भई रहेको बताउनु भयो । उहाँले रेडियोको भवन निर्माणमा नगरपलिकाको सहयोग सँगै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट समेत आफूले पहल सुरु गरेको बताउनु भयो । भवन तोकिए कै मितिमा र तोकिए कै मापदण्डमा निर्माण हुनेमा आफु विश्वस्त रहेको वताउदै पत्रकारितामा मिडियाको धर्म वाणगंगा रेडियोले निभाएकोमा खुसी व्यक्त गर्दै रेडियोको समाचार सम्प्रेसणको संतुलनमा अन्य मिडियाले रेडियो वाणगंगा संग केही सिक्न आवश्यक रहेको बताउनु भयो ।
शिलान्यास कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले वडाको तर्फबाट आफूले भव निर्माणका लागि २ लाख रकम प्रदान गरको र आगामी योजनाबाट पनि आवश्यक रकम विनियोजन गर्ने बताउनु भयो । आफ्नै वडामा संचार माध्यम स्थापित हुनु वडा कै गौरवको विषय भएकाले पनि वडाको तर्फबाट हरेक सहयोग गर्ने पनि प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा कपिलमुनी सामाजीक विकास संस्थाका अध्यक्ष दुर्गा बहादुर के.सीको अध्यक्षता रहेको थियो । भने वाणगंगा नगरपालिका वडा नम्बर १ कि वडा अधयक्ष वालकुमारी अधिकारी पन्त, नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा तौलिहवाका प्रमूख जयकुमार यादव, रेडियोका सल्लाहाकार प्रेमनारायण पौडेल, विनोद घिमिरे,युवराज के.सी मिना के.सी संस्थापक कार्य समितीका पदाधिकारी पदाधिकारीहरु, कार्यसमितिका पदाधिकारी, वर्तमान समितका पदाधिकारीहरु, भवन निर्माण समितिका पदाधिकारीहरु, रेडियोका स्टेशन म्यानेजर गणेश पोख्रेल,ईलाका प्रहरी कार्यालय पिपराका प्रमूख प्रहरी निरिक्षक आयुष प्रसाद जोसी, कार्यरत कर्मचारी, लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सचिव ज्ञानबहादुर कार्कीको संचालनमा सम्पन्न भएको हो ।
आज शिलान्यास भएको भवनको निर्माण कार्य एक वर्ष भित्र सम्पन्न गरी आफ्नै स्थायी भवनबाट रेडियोको प्रसारण सेवा संचालन गर्ने लक्ष्य राखिएको रेडियोका स्टेशन म्यानेजर पोख्रेलले जानकारी दिनु भयो । कुल ९१ लाख ९९ हजार ७ सय ३३ रुपैँया ४० पैसाको लागतमा सो भवन निर्माण गर्न लागिएको भवनको निर्माणको जिम्मा वाणगंगा ७ बनगाईको श्याम कन्ट्रक्सन लाई जिम्मेवारी प्रदान गरिएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...