नेपाल विद्यार्थी संघ काम गर्ने संगठका रुपमा परिचित छ सभापति श्रेष्ठ ।।

माघ ४ कपिलवस्तु

नेपाल विद्यार्थी संघ बुद्धभुमी नगर कार्य समितीले नगर स्तरीय बनभोज अन्तरक्रिया कार्यक्रम बुद्धभुमीको बुड्डीमा सम्पन्न भएको छ । अन्तरत्रिर्या कार्यक्रममा बुद्धभुमी नगरपालिका भित्रका १३ वटा मा.बिमा अध्यनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल बिद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले आफनो संगठनको खुलेर प्रसंसा गरेका थिए । अन्य संगठन भन्दा नेपाल विद्यार्थी संघका क्रिर्याकलाप भएकोले नै नेपाल विद्यार्थी संघमा आवद्ध हुनका लागि उत्सुकता प्रदान गर्ने वताएका थिए ।
कार्यक्रमा प्रमुख अतिथी नेपाली कांग्रस क्षेत्र नम्बर १ का सभापति केशव कुमार श्रेष्ठले नेपाल विद्यार्थी संघ भनेको नेपाली कांग्रेसको नर्सरी हो यसको संरक्ष गर्ने कर्तव्य भनेको सिंगो पार्टीलाईनै हुने हुदा यसको संरक्षणमा अफु लाग्ने र आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु गर्दै उहाँले नेपाली कांग्रसेका संगठन कामले यस क्षेत्रमा धेरै उदाहरणीय काम गरेको छ आगलागि पिडित , वाढि पिडितलाई सहयोग गर्ने विद्यार्थीलाई छात्राबृतीका क्षेत्रमा र अन्य क्षेत्रमा काम गर्दै आाएको र यस्ता कार्य सदैव लाग्नका लागि उहाँले आग्रह गर्नु भयो ।यस्ता कार्य सदैव लाग्नका लागि उहाँले आग्रह गर्नु भयो ।
नेपाल शिक्षक संघका बुद्धभुमी नगर सभापति राम प्रसाद अर्यालले शिक्षक विद्यार्थी संघ भनेका एक अर्काका परि पुरक रहेकोले सहयोग समझदारीको आवश्यकता रहेको वताउदै नेपाल विद्यार्थी संघ भनेको अन्य संगठन जस्तो चुनावको समयमा चम्कनेर पछि निभेको दियो जस्तो हुने संगठन नभएकोले बुद्धभुमी नगरपालिकाका बिभिन्न स्कुल क्याम्पसमा एउटा नक्ष्यत्रको रुपमा जसरी छवि वनाउन सफल छ यसै अनुरुप अगाडि वढ्नका लागि उपस्थीत सबैमा आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका बुद्धभुमी नगरपालिकाका सभापति अच्युत अर्यालको अध्यक्षता नेपाली कांग्रस क्षेत्र नम्बर १ का सभापति केशव कुमार श्रेष्ठको प्रमुख आतिथ्यता नेपाल शिक्षक संघका बुद्धभुमी नगर सभापति राम प्रसाद अर्याल,टे«ड युनियन स्वास्थ्य कर्मी संघका जिल्ला उपाध्यक्ष दुर्गा प्रसाद अधिकारी नेपाली काङ्ग्रेस क्षेत्रीय सचीव रोमलाल खनाल नेपाली कांग्रेस बुद्धभुमी नगर सचिव कृष्ण बन्जाडे प्रेस युनियन वाणगंगा नगर संयोजक गणेश पोख्रेल,नेपाल विद्यार्थी संघ शितगंगा नगर सभापति वसन्त पौडेल, नेपाल महिला संघ नगर सभापति रेखा पौडेल , बुद्धभुमी वडा नम्बर ४ का अध्यक्ष पवन थारु ,तरुण दल नगर सभापति नारायण मल्ल लगायतको उपस्थीती रहेको कार्यक्रमको संचालन सुदन अधिकारी गर्नु भएको थियो । भने कार्यक्रको स्वागत मन्तव्य नारायण न्यौपानेले गर्नु भएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...