Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

प्रदेश नं ५ को हिउँदे अधिवेशन आजदेखि शुरू हुुँदै

 माघ ५

प्रदेश नं ५ को हिउँदे अधिवेशन आजदेखि शुरू हुुँदै छ । चार महीनापछि शुुरू हुुन लागेको अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नामकरण टुुङ्गो लगाउनुपर्ने दबाब छ । प्रदेशको स्थायी राजधानी र नामकरणका लागि गठित विशेष समितिले आप्mनो प्रतिवेदन प्रदेशसभामा बुुझाइसकेको छ । प्रदेश नं ३ ले राजधानी र नामकरण टुुङ्गो लगाएसँगै ५ नं र २ नं प्रदेशलाई पनि स्थायी राजधानीको टुङ्गो लगाउन चौतर्फी दबाब छ ।

प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको नाम र स्थायी राजधानी आइतबारदेखि सुरु हुने प्रदेश सभाको हिउँदे अधिवेशनले टुंगो लगाउने बताउनुभएको छ । नेकपा प्रदेश ५ को संसदीय दलको शनिबार बसेको बैठकमा बोल्दै संसदीय दलका नेता पोखरेलले राजधानी सिफारिस विशेष समितिले प्रतिवेदनसमेत बुझाएको अवस्थामा सबैको सहमतीमा सबैलाई अपनत्व हुने गरी छलफल गरेर स्थायी राजधानी टुंगो लगाइने बताउनुभयो ।

स्थायी राजधानीका लागि बुटवल वा दाङ नभनेर सबैलाई अपनत्व हुनेगरी छलफल चलाउन पनि उहाँले आग्रह गर्नुभयो। जहाँ भएपनि सहमतिमै राजधानीको टुंगो लगाइने उहाँले बताउनुभयो । सरकारका प्रवक्ता तथा भौतिक पूूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरी यहीँ अधिवेशनमा प्रदेशले स्थायी राजधानी र नाम पाउने दाबी गर्नुहुन्छ । संविधानको धारा २८८ मा भएको व्यवस्थाअनुसार प्रदेशको नाम र स्थायी राजधानी प्रदेशसभाको दुई तिहाइ मतले टुङ्गो लगाउने व्यवस्था छ ।

विशेष समितिले १२ जिल्लामा पुगेर स्थानीय तह, राजनीतिक दल, संघसंस्था, बुद्धिजीवी र नागरिकबाट संकलन गरेको सुझावको आधारमा छलफल गरेर अन्तिम टुंगो लगाइने नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले बताउनु्भयो ।

समिति भारतको हरियाना पनि पुगेर त्यहाँ राजधानी तय कसरी भएको थियो भन्ने अध्ययन गरेको थियो । भारतमा गएर आएपछि विशेष समितिले बुटवल पश्चिम (सैनामैना), कपिलवस्तुको (बुद्धभूमि) र दाङको लमही क्षेत्रलाई राजधानी बनाउने सकिने प्रतिवेदन प्रदेशसभामा बुझाएको छ । ८७ सांसद रहेको प्रदेश पाँचमा नेकपाका मात्रै ६० सांसद (सभामुख बाहेक) छन् । कांग्रेसका १९, फोरमका ५ राष्ट्रिय जनमोर्चा र राजपाका १र१ जना छन् ।

प्रदेश सभाको वर्षे अधिवेशन असोज २ गते अन्त्य भएको थियो । सरकारले बिजनेस दिन नसकेपछि लामो समय रोकिएको प्रदेश सभाको पाँचौ अधिवेशन आइतबारबाट सुरु हुन लागेको हो । संसदीय दलको बैठकले यो अधिवेशनलाई मर्यादित र प्रभावकारी बनाउने निर्णय गरेको छ

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...