Archives


कार्यपालिका बैठकका दुई निर्णय : ४ वडामा स्वास्थ्य केन्द्र र शिक्षाको बजेट विनियोजन

माघ ५ कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिकाले नगरभित्रका भिविन्न वडाहरुमा स्वस्थ्य केन्द्र स्थापनाको लागि पहल थालेको छ । कार्यपालिकाको आज बसेको नियमित बैठकबाट नगरभित्रका ४ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना बनाउने निर्णय गरिएको नगर प्रवक्ता विष्णु पौडेलले बताउनुभयो । अब नगरपालिकाको वडा नम्बर १, ३, ६ र ७ मा आधारभूत स्वस्थ्य केन्द्र बन्ने भएका हुन ।
त्यस्तै सम्पन्न कार्यपालिका बैठकले नगरपालिका भित्रका ७ वडा विद्यालयहरुलाई २ कोठे भवन निर्माणका लागि बजेठ समेत बाँडफाँड गरेको छ । प्रति विद्यालय १६ लाखको लागतमा सो भवन निर्माणका लागि बजेठ विनियोजन भएके नगरपालिकाले जनाएको छ । युवा खेलकुद तथा शिक्षा शाखा अन्र्तगतको बजेटबाट शिक्षा क्षेत्रमा बजेट विनियोजन गर्दे नगरपालिकाले यस वर्ष वडा नम्बर ९ को राम आधारभूत विद्यालय पडरिया, वडा नम्बर ७ स्थित जन ज्योति मा.वि मोतिपुर, माध्यमिक विद्यालय झण्डा वडा नम्बर ५लाई भवन निर्माणका लागि बजेठ दिईने भएको छ । त्यस्तै वडा नम्बर ६ मा रहेको लक्ष्मणघाट मावि लक्ष्मणघाट, वडा नम्बर ८ मा रहेको सूर्याेदय आधारभूत विद्यालय चप्प्रगाउँ , वाणगंगा मावि वडा नम्बर ४ गजेहडा र नेपाल राष्टिय आधारभूत विद्यालय वडा नम्बर १० पटना स्थित अहिरौलीका लागि प्रति विद्यालय १६ लाखका दरले २ कोटे भवन निर्माणको बजेट प्रदान गरिने भएके हो । त्यस्तै नगरका २ वटा विद्यालयमा शौचालय निर्माणका लागि प्रति विद्यालय रु ७ लाखका दरले बजेट प्रदान गरिएको प्रवक्ता पौडेलले रेडियो वाणगंगालाई बताउनुभयो । वडा नम्बर ९ स्थित शुद्धोधन जन जीवन मावि जिनुवा र वडा नम्बर ८ स्थित वाणगंगा मावि लौगाईका लागि शौचालय निर्माणको बजेट विनियोजन गरिएको हो ।
कार्यपालिकाको निर्णय अनुसार चालु वर्षमै सक्ने गरी सो बजेट प्रदान गरिहएको छ । सम्पन्न बैठकमा नगर प्रमूख मंगल प्रसाद थारुको अध्यक्षतामा उप प्रमुख चक्रापाणी अर्याल, विभिन्न वडा का वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखाका प्रमूख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...