Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

टमाटर खेती गर्दै वाणगंगा नगरपालिका ५ का चौधरी ।।

रामबहादुर गन्धर्व माघ ५ कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ५ मा रहेको लोकप्रिय कृषि सहकारी संस्थाले वडा भित्रका संस्थामा आबद्ध भएका नगरिकहरुलाई उत्पादनमुखि पेसाबाट आत्मनिर्भर बन्ने बाटो देखाएको छ । सहकारीले प्रदान गरेको २ कट्ठा जग्गामा सोहि वडाका जयप्रकाश चौधरीले अहिले टमाटर खेती गरिरहेका छन् । उनले लगाएको टमाटर अहिले बजारमा विक्रिका लागि तयार भएको छ भने खेतबाटै पनि उनले समुदायमा विक्रि गर्ने गरेका छन् ।
लगातारको वर्षा रोकिए पछि लागेको घाममा आज विक्रिका लागि टमाटर टिप्दै गरेका चौधरीले आफूलाई टमाटर खेतीले राम्रो आम्दानी पनि दिएको सुनाए ।
उनी जस्तै सहकारीको जग्गामा तरकारी खेती गर्ने किसानको संख्या धेरै रहेको छ । सहकारीले उनीहरुलाई वार्षिक जग्गाको न्युनतमा भाडा तिर्नेगरी जग्गा उपलब्ध गराएको हो । जयप्रकाशले उत्पादन गरेको टमाटरले कपिलवस्तुका मुख्य बजारहरुमा अहिले बजार पाईरहेको छ । यस पटक टमाटर बेचेर उनले ५० हजार आम्दानी गर्ने लक्ष्य पनि लिएका छन् । टमाटर सँगै उनको बारीमा अहिले खुर्सानी पनि खेती भईरहेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...