Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

सी नेपालको राजकीय भ्रमणमा, विमानस्थलमा उच्च सम्मान

 वाणगंगा अनलाईन काठमाण्डौ

चीनका राष्ट्रपति सी जिनपिङ नेपालको राजधानी काठमाडौं आई पुग्नु भएको छ ।

sf7df8f}F, @% c;f]h -/f;;_M
/fi6«klt e08f/Låf/f lrlgofF /fi6«kltnfO{ :jfut
b’O{lbg] /fhsLo e|d0fdf zlgaf/ g]kfn cfpg’ePsf hgjfbL u0ftGq rLgsf /fi6«klt ;L lrglkmªnfO{ lqe’jg cGt//fli6«o ljdfg:yndf :jfut ug'{x’Fb} /fi6«klt ljBfb]jL e08f/L . tl:a/ M gjLg kf}8]n

सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानसम्मै पुगेर स्वागत गर्नु भएको हो । दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपराह्न ५ बजे काठमाडौं  ओर्लिनु भएका चीनका राष्ट्रपति सीलाई स्वागत गर्न नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र मन्त्रीहरू, संवैधानिक अंगका प्रमुखहरू, सुरक्षा निकायका प्रमुख, सांसदहरू, सरकारका विशिष्ट अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नु भएको थियो। राष्ट्रपति सीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति सीलाई उच्च सम्मान प्रदान गरिएको छ। सीको स्वागत गर्न मन्त्रीहरू ४ बजे नै विमानस्थल पुगिसक्नु भएको थियो भने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली भने सी विमानबाट बाहिर निस्किनु केही पहिले मात्रै विमानस्थल पुगिसक्नु भएको थियो ।   दुई दिने अनौपचारिक भारत भ्रमणबाट राष्ट्रपति सी चेन्नइबाट नेपालका लागि उड्नु भएको थियो। उहाँको विमान  अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा ४ ३० बजे अवतरण गरेको थियो। उहाँ ५ बजे विमानबाट बाहिर निस्केकनु भएको हो । चीनबाट राष्ट्रपतिको तहमा २३ वर्षपछि नेपाल भ्रमण भएको हो। राष्ट्रपति सीलाई अबको केही बेरमा त्रिभुवन विमानस्थलबाट तीनकुने, नयाँ बानेश्वर, माइतीघर, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै होटल सोल्टीमा लगिदैछ। विमानस्थलबाट सोल्टी होटलसम्मको सडक अभूत पूर्वरुपमा सजाइएको छने सडकका किनारामा चीनीयाँ पाहुनाको स्वागतमा सर्बसाधारण र सरकारी कर्मचारीहरु पङ्तिबद्ध भएर उभिएका छन् । चीनको तर्फबाट राष्ट्रपति सीको नेतृत्वमा अन्य चार चिनियाँ उच्च अधिकारीसहित दर्जनौँ अधिकारी काठमाडौं आइपुग्नु भएको छ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...