प्रदेशसभाका जेष्ठ सदस्य पोखरेलको निधन

बुटवल, माघ ६ ।

५ नम्बर प्रदेश सभाका ज्येष्ठ सदस्य एवं विपक्ष दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ८२ वर्षीय पोखरेलको सोमबार दिउँसो पौने दुई बजे रुपन्देहीको तिलोत्तमा(१४ खैरियास्थित आफ्नै निवासमा निधन भएको नेपाली काँग्रेस रुपन्देहीका जिल्ला सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो। १९९४ सालको माघ १९ गते प्युठानको तुसारामा जन्मनुभएका पोखरेल नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बन्नुभएको थियो। उहाँ प्रदेशसभाकै जेष्ठ सदस्यसमेत हुनुहुन्छ । २०१३ सालदेखि नेपाल छात्र संघबाट राजनीति सुरू गरेका पोखरेल २०१८ सालमा २ वर्ष नेपालगञ्जमा जेल पर्नुभएको थियो । २०२६ सालदेखि २०३६ सालसम्म कांग्रेस रुपन्देहीको सचिव हुनभएका पोखरेल कांग्रेस केन्द्रीय कार्यसमितिमा आमन्त्रित सदस्य सम्म हुनुभयो। पोखरेललाई गत वर्ष माघमा छातीमा क्यान्सरको संक्रमण देखिएको थियो । र पछिल्लो समय शरीरभर फैलिएको थियो । लामो समय नर्भिक अस्पताल काठमाडौं र पछिल्लो समय रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराएका शर्मालाई हालै मात्र घर लगिएको थियो । २०२० सालदेखि रुपन्देहीको खैरियामा बस्दै आउनुभएका पोखरेलका एक पत्नी, चार छोरा र दुई छोरी छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...