Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

अर्याल र पौडेललाई अनेरास्ववियू कपिलवस्तुको नेतृत्व प्रदान

माघ ६, कपिलवस्तु

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) कपिलवस्तुको जिल्ला संयोजकमा बाबुराम अर्याल र सह–संयोजकमा दयाराम पौडेल चयन भएका छन् ।

अनेरास्ववियूको एकताले पुर्णता पाएसंगै ७ वटै प्रदेशका जिल्ला कमिटिहरुको संयोजक र सह–संयोजक तोकिएको हो । गत पुष २७ र २८ गते काठमाण्डौमा सम्पन्न अनेरास्ववियू एकताको पहिलो पुर्ण बैठकले कपिलवस्तुका लागि जिल्ला संयोजकमा अर्याल र सह–संयोजकमा पौडेललाई चयन गरेको थियो । यस अघि अर्याल अनेरास्ववियूको जिल्ला अध्यक्ष थिए भने पौडेल अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष रहेका थिए । अब एकता भएसंगै संयोजक र सह–संयोजकले आफ्नो जिम्मेवारी कुशलता पुर्वक निर्वाह गर्ने बताएका छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...