पोखरीमा डुबेर अर्घाखाँचीमा २ बालीकाको मृत्यु

माग ६ अर्घाखाँची ।

अर्घाखाँचीको सन्धिखर्क स्थित शान्ति बगैचामा रहेको शालिक पोखरीमा डुबेर २ जना बालीकाको ज्यान गएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा प्युठानको नौबहिनी ५ की ४ बर्षिय वालिका वर्षा थापा र अर्घाखाँचीको मालारानी गाउँपालिका ७ रतनचौरकी ६ बर्षिय क्रिष्टिना महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पोखरीमा डुबेर ज्यान गुमाएकी बालीका थापा आफ्नो सानिमाको घर अर्घाखाँची आएकी थिइन् । अर्की ज्यान गुमाएकी बालिका महत आमा सँग घुम्न जाने क्रममा खेल्दै जादा पोखरीमा डुबेर मृत्यु हो । अहिले दुवै वालिकाहरुको शवलाई जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको प्रहरीले भनाईलाई उदृत गर्दै हाम्रा अर्घाखाँची संवाददाता विष्णुकुमार आलेले खबर पठाउनुभएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...