एक घर ५ जडिबुटी, पाँच योगका लागि वाणगंगा नगपालिकाले वडा नम्बर ७ लाई छनोट ।।

वाणगंगा अनलाईन माघ ६ कपिलवस्तु

एक घर ५ जडिबुटी, पाँच योगका लागि वाणगंगा नगरपालिकामा पहिलोपटक नगपालिकाले वडा नम्बर ७ लाई छनोट गरेको छ । अब सबै परिवारमा ५ वटा जडिबुटीका साथै पाँच योग पनि अनिवार्य गर्नुपर्ने उद्देश्यका साथ नगरपालिकाले आफ्नो वडालाई कार्यक्रम संचालनका लागि छनौठ गरेको वडा अधयक्ष विष्णु गिरीले बताउनुभएको छ । पछिल्लो समय मानविय खानपान र रहनसहनले मानव स्वस्थ्य नै जोखिममा परिरहेको ठहरका साथ नगरपालिकाले वडा नम्बर ७ लाई यो कार्यक्रमका लागि छनौठ गरेको हो । सोही कार्यक्रम सफल बनाउने उद्देश्यका साथ सोमबार नगरको अर्युवेद शाखाले अब एक घर ५ जडिबुटी र पाँच योगको अवधारणा र यसको कार्यान्वयनका लागि अभिमुखिकरण समेत गरेको छ । अभिमुखिकरणमा सहभागिहरुले स्थानिय तहको सक्रियतामा अब हरेक घरमा कम्तिमा पनि ५ वटा जडिबुटीको प्रयोग र दैनिक ५ वटा योग अनिवार्य अपनाउनुपर्ने बताएका थिए ।
कपिलवस्तुको वाणगंगा नगरपालिका आर्युवेद शाखाको आयोजनामा आयोजित अभिमुखिकरण कार्यक्रममा आर्युवेद चिक्त्सिक अस्पताल विकास तथा चिकित्सा सेवा महासाखा सामाजिक विकास मन्त्रालय प्रदेश पाँचका डा.पुष्पराज पौडेलले तुलसी, घिउकुमारी गुट्ची , पारिजात, मेवा लगाएतका स्थानिय जडिबुटीको बारेमा प्रकाश पार्दै स्वस्थ जीवन निर्वाहका लागि जडिबुटीको प्रयोगमा ध्यान पु¥याउन आवस्यक रहेको बताउनुभयो ।
अभिमुखिकरण कार्यक्रममा मोतिपुर आर्युवेद औषधालयका प्रमूख डा. रोम हर्स नेपालले आर्युवेदको राज्यको वर्तमान अवस्था र रणनितिका विषयमा सहभागिहरुलाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा वडा नम्बर ७ भित्रका विभन्न सामुदायिक वनका पदाधिकारी, स्वास्थ्य स्वयमसेविकाहरु , टोलविकास समितिका पदाधिकारी, वडा अध्यक्ष, तथा वाड सचिवहरु, वडा भित्रका विद्यालयका प्रधानाध्यापकहरु गरी ३० जनाको सहभागिता रहेको थियो ।
त्यस्तै अभिमुखिकरणमा केही दिन देखि रिक्त अवस्थामा रहेको प्रमूख प्रशासकिय अधिकृतको पदभार ग्रहण गर्न आज मात्रै आउनुएका प्रमूख प्रशासकिय अधिकृत चुडामणी पन्थी र युवा खेलकुद तथा शिक्षा विकास शाखा प्रमूख बाबुराम भटराईले योग र अयुर्वेदको वर्तमान अवस्यकताका विषयमा सम्बोधन गर्नुभएको थियो । अभिमुखिकरण कार्यक्रममा नगर उप प्रमूख चक्रपाणी अर्यालको प्रमूख आतिथ्यता तथा आर्युवेद शाखा प्रमूख तेजबहादुर सोमैको संचालनमा समपन्न भएको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...