प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले एकीकृत चेक पोस्टको उद्घाटन गर्दै

माघ ७, 

प्रदेश १ मा विराटनगर महानगरपालिकाको भेडियारीमा निर्माण भएको एकीकृत चेक पोस्ट ९आईसीपी० को आज उद्घाटन हुँदैछ ।

नेपाल–भारतको संयुक्त लगानीमा विराटनगरमा निर्मित आईसीपीको प्रधानमन्त्री केपी ओली र भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गर्ने तयारी छ । आज  भिडियो कन्फ्रेन्स मार्फत दुवै प्रधानमन्त्रीले स्वीच अनु गरेर उद्घाटन गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले काठमाण्डौ र नरेन्द्र मोदीले दिल्लीबाट भिडियोमार्फत् आईसीपीको उद्घाटन गर्नु हुनेछ । आयात तथा निर्यात पारवहन सहज बनाउन विराटनगर महानगरपालिका १८ मा निर्मित आईसीपी सञ्चालनका लागि तयार भइसकेको छ ।

सन् २०१७ मा भारतको गुजरात राज्यको दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालीले आईसीपीको निर्माणको ठेक्का पाएसँगै काम सुरु भएको थियो । एक अर्ब १४ करोड भारतीय रुपैयाँको लागतमा इन्फ्राकनले आईसीपी निर्माण सम्पन्न गरेको जनाएको छ । सन् २०१८ भित्रै निर्माण सक्नुपर्ने सम्झौता भए पनि सम्झौता अनुसार काम भने भएन ।

आईसीपी एक सय २९ बिघा क्षेत्रफलमा फैलिएको छ । आईसीपी परिसरबाहिर ४० बिघा जमिन छ । त्यसबाट दुई लेनको सडक र पछि आवश्यकताअनुसार ६ लेनसम्मको बनाइनेछ । सीमाको दसगजालाई आधार बनाएर आईसीपी निर्माण गरिएको हो ।

नेपाल भित्रने पयर्टकीय सवारी, मालवाहक सवारी भारतीय जाँच केन्द्र हुँदै नेपाली जाँच केन्द्रमा प्रवेश गर्नेछ । यी सवारीलाई धर्मकाँटामा राखेर नापतौल गरिन्छ र पार्किङ प्लटमा सवारी व्यवस्थापन गरिन्छ । त्यही क्षेत्रमा भन्सार राखिने भएकाले त्यहीँबाट उद्योगीले सवारीसाधन आफू अनुकूल बाहिर निकाल्न सक्ने छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...