Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

किन भएन हात्तिपाईले निवारण ? यस वर्ष पनि वाणगंगामा औषधि खुवाईदै

बसन्ता भुसाल माघ ८ कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिकाको आयोजनामा हात्तीपाइले (फाइलेरिया) रोग निवारण कार्यक्रम तथा नगर स्तरीय योजना तर्जुमा तथा अन्तरक्रिया गोष्टी आज एक बुङचीमा सम्पन्न भएको छ । माघ २५ गते देखि नगरपालिकामा यो रोग विरुद्ध औषधि सेवन गर्ने कार्यक्रम सुरु गरिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । हात्तीपाईले रोगमुक्त नगर बनाउनका लागि वाणगंगा नगरपालिकाले आगामी माघ २५ गते देखि बाह्रौ पटक यो अभियान सुरु गर्न लागेको हो । विगत ११ बर्षयता हाती पाईले विरुद्ध अभियान चलाईरहेपनि अभियान सफल हुननसकेको सरोकारवालाको भनाई रहेको छ ।
नगरपालिकाका सामाजिक विकास समितिका सभापति तथा वडा नं ५ का वडा अध्यक्ष भिष्मराज भुसालको अध्यक्षतामा आयोजिनत कार्यक्रममा पाँच नम्बर प्रदेश सभा सदस्य विष्णु पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै फाईलेरिया निवारणका लागि आयोजित अन्र्तक्रियामा वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश सांसद पन्थीले वाणगंगा नगरपालिकामा अहिले १२ प्रतिशतको हाराहरीमा हात्तीपाईले रोगका संक्रमित विरामी रहेको र यसलाई पूर्ण रुपमा सफल पार्नका लागी सबै लाग्नु पर्नेमा जोड दिनुभएको छ । नगरपालिकाले यसको निवारणका लागी सबै स्वास्थ्य स्वयमसेविकाहरुलाई सक्रिय भई समस्या समाधान गर्न समेत सांसद पन्थीले आग्रह गर्नुभयो । त्यस्तै प्रमुख प्रसाकिय अधिकृत चुरामणि पन्थीले समाजमा रहेका स्वास्थ्य सँग सम्बन्धित समस्याहरु लाई निराकरणमा सबै लागेमा स्वास्थ समाजको निर्माण गर्न सकिने बताउनु भयो । त्यस्तै डाक्टर गंगाराम यादवले साइड इफेक्ट हुन्छ भन्ने भ्रममा पर्दा सम्भ्रान्त र हुनेखानेले हात्तिपाईले विरुद्धको औषधि सेवन गर्न नमान्ने र जान्ने तथा शिक्षित वर्गले पनि औषधि नखाइदिँदा रोगको पूर्ण रोकथाममा समस्या देखिने गरेको बताउनुभयो । अहिले सम्मको निवारण अभियान अन्र्तगत कपिलवस्तु जिल्ला सँगै वाणगंगा नगरपालिकामा ग्रामीण क्षेत्रका नागरिकहरुले औषधि खानेदर सहरी क्षेत्रको तुलनामा बढी रहेको छ । अहिले सम्म कपिलवस्तुमा छैठौँ पठक यो औषधि निशुल्क वितरण गरिसकिएको छ तर रोग निवारणमा भने चुनौति थपिरहेको छ । दुई वर्ष उमेरमाथिका, दीर्घरोगी, गर्भवती, सिकिस्त बिरामी, मुटु–कलेजो रोगी, मिर्गौला र छारे रोगीबाहेकका सबैले हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्ने भए पनि शिक्षित सम्पन्न र हुनेखानेले नै औषधि नखाने गरेको पाईएको अन्र्तक्रियामा बताइएको छ । कार्यक्रममा नगरभित्रका सम््पुर्ण वडा अध्यक्षहरु, स्वास्थ्यकर्मी , समाजसेवी, बुद्धिजिवी, लगाएत संचारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम नगर स्वास्थ्य शाखा प्रमूख ठगराज पौडेलको स्वागत तथा भक्तिराम पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...