मोतिपुरमा ३ सय बढिले लिए निःशुल्क स्वास्थ्य लाभ

कपिलवस्तु, ८ माघ

वाणगंगा नगरपालिका वडा नम्बर ७ को कार्यालय कपिलवस्तुको आयोजनामा र सी एण्ड सि अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित निशुल्क स्वास्थ्य शिविर कार्यक्रमबाट ३ सय १० जना वडा बासीहरु लाभान्वित भएका छन् । नवदुर्गा आधारभूत विद्यालय मोतिपुर डाँडामा बुधवार सञ्चालन भएको स्वास्थ्य शिविरबाट वडा बासीहरु लाभान्बित भएका हुन् । दन्त रोग, महिला रोग, सुगर प्रेसर, फिजिसियन सेवा, चिसोका कारण उत्पन्न हुने अन्य स्वास्थ्य समास्याका विरामीहरुले उपचार संगै निशुल्क रुपमा औषधी प्राप्त गरे पछि खुसिले दंग परेका छन् । भौतिक विकास र सामाजिक विकास दुवै हिसाबले राम्रो पहिचान बनाई सकेको वडा नम्बर ७ ले विपन्न नागरिकहरुलाई लक्षित गरि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको वडा सचिव कृष्ण खनालले जानकारी दिनुभयो । चिसो मौषममा उपचारका लागि रकम अभाव हुने विशेष गरि विपन्न नागरिकहरुे स्वास्थ्य शिविरबाट लाभान्वित भएको वडाध्यक्ष विष्णु गिरीले बताउनुभयो । शिविरमा निशुल्क रुपमा औषधी र परिक्षण सेवा चार नम्बर जितपुर सिद्धार्थ पेट्रोल पम्प नजिकै रहेको कपिलवस्तुकै अत्याधुनिक सुविधा सम्पन्न सी एन सी अस्पतालले उपलब्ध गराएको अस्पतालका जनसम्पर्क अधिकृत कृष्ण प्रसाद पोख्रेलले जानकारी दिनुभयो । यस अघि वडा नम्बर ७ले निशुल्क आखाँ शिविर समेत संचालन गरेको थियो । वडा भित्रका नागरिकहरु कुनैपनि रोगबाट ग्रसित हुन नपरोस भन्ने उद्देश्यका साथ स्वस्थ्यका कार्यक्रमलाई विशेष प्राथामिकता दिइएको वडाले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...