कपिलवस्तुमा माघीको रौनक अझै जारी

रामबहादुर गन्धर्व माघ ९ कपिलवस्तु

कपिलवस्तुका विभिन्न स्थानमा माघ १ गते देखि निरन्तर माघि पर्वको रौनकता छाईरहेको छ । माघ महिनाको सुरु सँगै जिल्लाका अधिकाशं स्थानमा माघि विशेष सासंकृतिक कार्यक्रम सँगै महोत्सवहरु संचलन भईरहेका छन् । अझ यसको रौनकले जिल्लाको वाणगंगा नगरपालिकालाई बढि छोएको छ । यहाँका थारु तथा मगर समुदयका नागरिकहरु माघि तथा खिचडी महोत्सवको सामुहिक आयोजनामा रमाईरहेका छन् ।
बिहिबार जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ६ मा दुई दिने माघि महोत्सवको समापन गरिएको छ भने यता वडा नम्बर ७ मोतिपुरमा आज देखि महोत्सव सुरु भएको छ । माघ २ गते देखि महोत्सवका कार्यक्रमहरु नगरपालिकाका विभिन्न वडामा संचालन र सम्पन्न हुदै आएका छन् । महिनाको सुरुवाति दिनमा लगातारको वर्षाका कारण केहि प्रभावित भएका माघी महोत्सवहरु यस वर्ष माघको दोस्रो साता सम्म संचालनमा रहेका छन् ।
थारु संस्कृतिको संरक्षण, सम्बर्दन तथा प्रर्वदनके खातिर हाम्मन अभियान , न्याय समानता और पहिचान सहितके थरुहट स्वायत्त प्रदेशके निर्माण भन्ने मूल नाराका साथ वडा स्तरिय माघी महोत्सव एवम् नयाँ वर्ष २०७६ को वडा नम्बर ६ बैदौलीमा समापन गरिएको छ । आदिवासी जनजाति थारु वडा नम्बर ६ को आयोजना र वडा कार्यालयको सहयोगमा सम्पन्न महोत्सवमा थारु कल्याणकारीणी सभा केन्द्रिय सदस्य सुमित्रा थारुले थारु कला संस्कृति र पहिचानका लागि महोत्सवले मात्रै प्रयाप्त नहुने भन्दै अन्य क्षेत्रमा पनि राज्य पक्षबाट विशेष ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा थारु कला र संस्कृति सँगका विभिन्न भेषभुषा सहितका मौलिक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । त्यस्तै थारु खानका परिकारहरुले अतिथिहरुलाई सत्कार गरिएको आयोजकले जनाएको छ । आदिवासी जनजातिका संयोजक गूरुप्रसाद थारुको सभापतित्व, केन्द्रिय सदस्य सुमित्रा थारुको प्रमूख आतिथ्यता, वडा अध्यक्ष सुकदेव थारुको विशिष्ठ आतिथ्यता सहित विभिन्न सामाजिक अगुवाहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन सचिव श्रीराम प्रसाद थारुले गर्नुभएको थियो ।
यसैबिच यता वाणगंगा नगरपालिकाको वडा नम्बर ७ मा पनि आज माघी महोत्सव सम्पन्न भएको छ । थारु संस्कृतिक संरक्षण समितिको आयोजना तथा नगरपालिकाको वडा नम्बर ७ को विशेष सहयोगमा संचालन गरिएको तिसरा वडा स्तरिय माघि खिचडि महोत्सवमा थारु कल्याणकारिणी सभा केन्द्रिय सदस्य जन्जिर प्रसाद थारुले थारु जातिको परम्परा र संस्कृतिले समयको क्रम सँगै गतिशिलता समेत हासिल गरेको भन्दै उहाँले समुदायमा विभिन्न कारणले पछाडि परिरहेका थारु समुदायका नागरिकहरुको उत्थ्थानमा माघी महोत्सवले विशेष भुमिका खेलिरहेको बताउनुभयो ।
कार्यक्रममा थारु संस्कृति सँग सम्बन्धित विभिन्न सांगितिक नृत्यहरु झुमरा, सजहनी बिरहनी, रेकड डान्स सहित विभिन्न चेनतामूलक नाटक समेत प्रस्तुत गरिएको थियो ।
माघी महोत्सवमे थारु संस्कृतिके उमगं थारुनके समुन्नति संघिय संरचनाके संघ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा थारु अगुवा जंजिर प्रसाद थारुको अध्यक्षता सहित थारु कल्याणकारिणी सभा जिल्ला सभापति उमाशंकर थारुको विशिष्ठ आतिथ्यता रहेको थियो । जन ज्योति मावि मोतिपुरका शिक्षक अभिभावक संघका अध्यक्ष नेत्रज्योति गिरी, थारु कल्याणकारिणी महिला सभा अध्यक्ष मञ्जु थारु लगाएतको आतिथ्यता रहेकोे थियो । कार्यक्रम सन्देश थारु र प्रियङ्का थारुको संचालनमा सम्पन्न भएको हो । महोत्सवमा थारु जातिका खानाका विभिन्न परिकारहरु तथा भेषभुषाको समेत प्रर्दशनी गरिएको थियो । महोेत्सवमा राष्टिय गायक सिमान्ता चौधरी, दिपेन चौधरी, आशा थारु, मिलन चौधरी, प्रकाश थारु लगाएतको विशेष साँगितिक प्रस्तुति समेत रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...