घोराही र तुलसीपुरमा आजदेखि व्यापारिक महोत्वस सञ्चालन हुँदै

माघ १० 

घोराही र तुलसीपुरमा आजदेखि व्यापारिक महोत्सव शुरु हुँदैछ । तुलसीपुरमा तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि माघ २० गतेसम्म र दाङ चेम्बर अफ कमर्सको आयोजनामा घोराहीमा पनि आजदेखि २२ गतेसम्म महोत्सव सञ्चालन हुँदैछन् ।

दुबै ठाउँको महोत्सवको उदुघाटन पर्यटन मन्त्री योगेश कुमार भट्टराइले गर्नुहुने भएको छ। पर्यटन वर्ष २०२० लाई लक्षित गरी महोत्सव आयोजना गरिएको दुबै महोत्वसका मुल आयोजक समतिले जनाएका छन् ।

तुलसीपुरमा सञ्चालन हुने महोत्सवको विहान १० बजे बसपार्कबाट झाँकीजुलुस सहित विभिन्न संघसंस्थाको ¥याली तुलसीपुर बजार परिक्रमा गरेर तुलसीपुरको घोराही रोडको उत्तर तर्फ रहेको महोत्सव स्थलमा पुगेर सभामा परिनत हुने जनाइएको छ ।

यता घोराहीमा पनि विहान ११ बजे विभिन्न झाँकीजुलुस सहितको ¥यालीले बजार परिक्रमा गरी दाङ देउखुरी जिल्ला अदालत अगाडी हरेको महोत्सव स्थलमा पुगेर सभामा परिनत हुने दाङ चेम्बर अफ कमर्सका अध्यक्ष श्रीधर महराले जानकारी दिनुभयो । महराले १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख दर्शकले महोत्सवको अवलोकन गर्ने पाँच करोड बराबरको कारोबार हुने विश्वस गर्नुभएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...