राष्ट्रिय वाणिज्य वैँक वाणगंगा शाखाद्धारा जेष्ठ नागकिलाई सम्मान ।।

वाणगंगा अनलाईन

राष्ट्रिय वाणिज्य वैँक  कपिलवस्तुको वाणगंगा नगरपालिका जितपुर स्थित वाणगंगा शाखाले ५५ औँ वार्षिकोत्सव  अवसरमा १ सय वर्ष पुगेका जेष्ठ नागरिकहरु दुई जनालाई सम्मान गरेको छ ।

वैँंकका शाखा प्रमूख रामजी पोख्रेलले जेष्ठ नागरिकहरु वडा नम्बर १ बैरियाकाका लालमणी न्यौपाने र वाणगंगा ४ ठाकुरापुका उमाश्वर आचार्यलाई एक एक थान करुवा र दोसल्ला ओढाई सम्मान गर्नु भएको हो ।
वैंकले ५५ वर्ष पार गरको अवसरमा शाखा प्रमूख पोख्रेलले वित्तिय कारोवार सँगै सामाजिक क्षेत्रमा पनि राष्ट्रिय वाणिज्य वैँक अग्रसर रहेकाले जेष्ठ नागरिकहरुको सम्मान र उत्थानका लागि यस्ता कार्यक्रम आवश्यक रहेको वताउदै बैकले विभिन्न संघ संस्था र सामुदायिक विद्यालयमा सामाजिक उत्तरदायित्व निवार्ह गर्दै आएको वताउनु भएको थियो । उहाँले जेष्ठ नागकिको सम्मान हामी सबैको कर्तव्य रहेको बताउनु भयो ।
वैंकको ५५ वर्षको साथ सुख दुःखमा हात भन्ने नाराका साथ यस वर्ष वाणिज्य वैँकले वार्षिकोत्सव मनाएको हो । वैंँकमा आबद्ध सेवा ग्राही वर्ग प्रति शाखा प्रमूख पोख्रेलले वाणिज्य वैँकले चुस्त सेवा प्रवाह र प्रष्ट आर्थिक नितिका साथ आफ्ना सेवाग्राहीहरुलाई सेवा प्रवाह गरेको पनि बताउनु भयो ।
कार्यक्रममा जेष्ठ नागरिक लालमणी न्यौपानेले जेष्ठ नागकिको सम्मानमा बैकले आफुलाई गरेको सम्मानमा खुसी व्यक्त गर्दै बैक प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो ।
वार्षिकोत्सवको अवसरमा अयोजित सम्मान कार्यक्रममा कार्यक्रममा रेडियो वाणगंगाका स्टेशन म्यानेजर गणेश पोख्रेल, आतिथ्यता पत्रकार पार्वती आचार्य बैकका सम्पुर्ण शाखाका कर्मचारी लगाएतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन राष्ट्रिय वाणिज्य वैँकका सहायक म्यानेजर धुर्व राज पाण्डेले गर्नु भएको थियो

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...