जनसेवा आधारभूत विद्यालयमा घिमिरेलाई सम्मान

राजेन्द्र खनाल

सामुदायिक विद्यालयमा विद्यार्थीहरुको संख्या पछिल्ला समयमा घट्दो स्थितिमा गएका कारण आफूले सामुदायिक विद्यालयको विकासका लागि पहल सुरु गर्ने गत नव निर्वाचित राष्टिय सभा सदस्य विमला घिमिरेले बताउनुभयो ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ उदयपुर मोर्मी स्थित जनसेवा आधारभूत विद्यालयमा आयोजित सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा राष्ट्रिय सभा सदस्य घिमिरेले आफू स्वयम विद्यालय भएकै टोलको स्थायी बासिन्दा समेत भएका कारण पनि विद्यालयको विकास र विद्यार्थीहरुको लागि गुणस्तरिय शिक्षा प्रदानका लागि सबै तवरबाट पहल गर्ने पनि बताउनुभयो । उहाँले पछिल्लो १० वर्ष यता कपिलवतु जिल्लामा विकासले समेत गति लिएको भन्दै पर्यटनका माध्यमबाट जिल्लाको विकास अझ धेरै गर्न सकिने उल्लेख गर्नुभयो । बाईट १
अब आलोचना नभई आफै काम गर्ने अवसर पार्टीले समेत आफूलाई दिएकाले गत स्थानिय तहको निर्वाचनमा नगर प्रमूखको उमेद्धार हुँदा जनताका बिचमा राखेका चुनावी नाराहरु समेत अब पुरा गर्ने अवसर पाएको भन्दै खुसि पनि व्यक्त गर्नुभएको छ । उहाँले राष्ट्रिय सभाका काम सँगै कपिलवस्तु जिल्ला र वाणगंगा नगरपालिकाको शिक्षाका सवालमा आफूले विशेष भुमिका खेलने पनि प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा जनसेवा आधारभूत विद्यालयका शिक्षक विद्यार्थीहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पाधिकारीहरु सँगैँ स्थानिय जनप्रतिनिधि अभिभावकहरुले समेत घिमिरेलाई बधाई सहित सम्मान समेत गरेका छन् । कार्यक्रममा वडा सदस्य शिव प्रसाद पाण्डे, विद्यालय व्यवस्थापन समितिका सदस्य रविराज आचार्य, प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डे लगाएतले सम्बोधन गर्नुभएको थियो । शिक्षक भोजराज थारुको स्वागत मन्तव्य रहेको कार्यक्रममा विद्यालयका बालक्लबका विद्यार्थीहरु, कार्यरत शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...