चीनका राष्ट्रपति सी जिनपिङ सोल्टी होटल प्रस्थान ।।

वाणगंगा अलाईन काठमाण्डौ

असोज २५, २०७६ काठमाडौं चीनका राष्ट्रपति सी जिनपिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। शनिबार अपराह्न करिब पौने ५ बजे काठमाडौं अवतरण गरेका राष्ट्रपति सीलाई विमान सम्मै पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नु भएको थियो। सीको भ्रमण टोलीमा ९० अधिकारी रहेको बताइएको छ।

उहाँ भारतको चेन्नइबाट नेपाल आइपुग्नु भएको हो । चिनियाँ राष्ट्रपतिको त्रिभुवन विमानस्थलमा राष्ट्रपति, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरूले स्वागत गर्नु भएको थियो । सीको सम्मानमा विभिन्न सांस्कृति झाँकी प्रस्तुत गरिएको थियो भने पञ्चकन्याले फूलमालाले स्वागत गरिएका थियो। नेपाली सेनाको एक टुकडीले स्वागत गारथ अर्पण गरेको थियो। चिनियाँ राष्ट्रपति सीको विमानस्थल देखि उहाँ बस्ने होटल सोल्टी सम्म स्वागत भएको थियो। सर्वसाधारणले तीनकुने, बानेश्वर, माइतीघर, त्रिपुरेश्वर,टेकु, कालिमाटी, सोल्टी मोडमा नेपाल र चीनको झन्डा फर्फराएर स्वागत गरेका थिए।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...